अर्जुनधारा ११ कात्तिक । नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका वडा नं.–७ को पद हस्तान्तरण तथा शुभकामना आदान प्रदान कार्यक्रम विहीबार सम्पन्न भएको छ ।
कांग्रेस नगरसमितिको कार्यालयमा आयोजित कार्यक्रमका बीच नवराज ढुङ्गानाले नवनिर्वाचित वडा सभापति राम तामाङलाई बैठक पुस्तिका लगायतका सामग्री प्रदान गर्दै पद हस्तान्तरण गराउनु भएको हो ।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको प्रमुख आतिथ्य र २ नं. क्षेत्रीय सभापति खगेन्द्र मैनालीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा किरण श्रेष्ठ, राजकुमार बराइली, हेमराज खरेललगायतले मन्तव्य राखेका थिए ।
नवराज ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सन्तोष श्रेष्ठले गर्नुभएको थियो ।
कांग्रेस अर्जुनधारा–७ को पद हस्तान्तरण

































































































