Homeसमाचारकँडेल दम्पत्तीको सहयोगबाट प्रेस युनियनको अक्षयकोषमा रकम संकलन शुरु

कँडेल दम्पत्तीको सहयोगबाट प्रेस युनियनको अक्षयकोषमा रकम संकलन शुरु

सुरुङ्ग १० कात्तिक । नेपाली कांग्रेस झापा क्षेत्र नं–४ का सचिव एवं सामाजिक ब्यक्तित्व शिव कँडेलले आफ्नो जन्मदिनमा नेपाल प्रेस युनियन झापाको अक्षयकोष स्थापनाको शुभारम्भ गरिदिनुएको छ ।
आफ्नो जन्मदिनको अवसर पारेर कँडेलले नेपाल प्रेस युनियन झापाले स्थापना गरेको ‘प्रेस युनियन झापा पत्रकार प्रोत्साहन अक्षयकोष’–मा ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्दै कोष स्थापनाको शुभारम्भ गर्नुभएको हो ।
कनकाइ नगरपालिकास्थित बृक्ष क्याफेमा आयोजित अनौपचारिक कार्यक्रमका बीच शिव कडेल र उहाँकी धर्मपत्नी पुष्पा कँडेलले प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाई, केन्द्रीय पार्षद यज्ञ पाठकलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
रकम ग्रहण गर्दै नेपाल प्रेस युनियन झापा शाखाको अध्यक्ष इन्दु पूर्वेलीले अक्षयकोेष स्थापनाको लक्ष्य, उद्देश्य र सञ्चालन विधिबारे प्रकाश पार्नु भएको थियो । साथै अध्यक्ष पूर्वेलीले शिव–पुष्पा कँडेल दम्पतीले गर्नुभएको सहयोगप्रति धन्यवादसहित हार्दिक आभार ब्यक्त गर्दै लक्ष्य प्राप्तीका लागि साथ दिन आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँईले प्रेस युनियन आइ.एफ.जे. मान्यताप्राप्त संस्था भएको जानकारी गराउँदै लोकतान्त्रिक पद्धति, विधिको शासन, अभिब्यक्ति स्वतन्त्रता विषयमा प्रेस युनियनले खेलेको भूमिकाबारे चर्चा गर्नुभयो । संस्थाको स्थायी कोष नहुँदा पटक–पटक सहयोग माग्नुपर्ने बाध्यताको अन्त्यका लागि स्थापना गर्नुपरेको बताउदै एउटै संस्थालाई पटक पटक गर्ने सहयोगलाई पूँजीका रुपमा स्थापना गर्न सके दाताहरुलाई पनि सहज हुने धारणा राख्नुभयो ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रेस युनियनको भूमिका महत्वपूर्ण भएको धारणा राख्दै सामाजिक÷राजनीतिक ब्यक्तित्व कँडेलले प्रेस युनियनको संस्थागत विकास, लोकतन्त्रको स्थायित्व र वाक एवं अभिब्यक्ति स्वतन्त्रताका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले सहयोग गरेको बताउनुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ब्यवसायी एवं सामाजिक ब्यक्तित्व कुमारमणि पोखरेलले कुनै पनि संस्थाका गतिविधि सञ्चालनमा आर्थिक स्रोत ब्यवस्थापन महत्वपूर्ण कार्यको प्रारम्भ गरिदिएकोमा दाताप्रति सम्मान जनाउँदै हुने बताउँदै अक्षयकोषले संस्थाको दीर्घकालीन सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रारम्भ भएको अक्षयकोषमा रकम बृद्धि लागि आफ्नो पनि साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
प्रेस युनियनको संस्थागत विकास एवं सामाजिक गतिविधि सञ्चालन, पत्रकारिता पेशामा आवद्ध सम्पूर्ण पत्रकार तथा नेपाल प्रेस युनियनमा आबद्ध सदस्यहरुको पेशागत दक्षता अभिबृद्धि, कार्यक्षमता विकास, नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्ने पत्रकार तथा प्रजातान्त्रिक/लोकतान्त्रिक योद्धाहरुको संघर्षको इतिहास अभिलेखीकरण, सम्मान र प्रोत्साहन साथै पुरस्कृत गर्न र स्वास्थ्योपचार सहयोग लगायतका सर्वाङ्गिण क्षेत्रमा अक्षयकोषबाट प्राप्त ब्याज खर्च गर्ने लक्षसहित प्रेस युनियन पत्रकार प्रोत्साहन अक्षयकोषको स्थापना गर्ने निर्णय भएको र अक्षयकोष कार्यविधि पारित भइसकेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकँडेल दम्पत्तीको सहयोगबाट प्रेस युनियनको अक्षयकोषमा रकम संकलन शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img