Homeसमाचारबेमौसमी बाढीबारे विश्वास नहुँदा क्षति

बेमौसमी बाढीबारे विश्वास नहुँदा क्षति

झापा ९ कात्तिक । विगतमा जस्तै गत कात्तिक शुरु भएलगत्तै परेको पानीबारे पनि किसानका मोवायलमा सूचना आयो । तर, धान किसानले उक्त सूचनालाई त्यत्ति महत्व दिएनन् । किनकी कात्तिक महिनामा उनीहरुले यतिठूलो पानी पर्ला र असर गर्ला भन्ने कल्पनासम्म गरेका थिएनन् ।
पानी आउँदैछ भनेर दिंदै थियो, मंगलबारसम्म आउँदैछ भन्ने सूचना आयो गत कात्र्तिक १ र २ गते आएको बेमौसमी बाढीबारे किसान बेखबर नभएको झापा जलथल–४ का कृषक डिल्ली मैनालीले बताउनु भयो । किसानलाई मौसमबारे जानकारी दिने एप्ससहितको मोबायल प्रयोगकर्ता मैनालीले भन्नुभयो–‘मौसमबारे जानकारी आएको थियो किसानहरु मौसमी अवस्थाबारे जानकार पनि भए । तर, कात्तिकमा यति ठूलो बाढी आउँछ भन्ने सोच्दै सोचिएन, विश्वास नै भएन ।’
आमाको दशगात्र कर्ममा बसेका उनले किसान मोवायल एप्समा आएको मौसमसम्बन्धी सूचनाका बारेमा आउने जानेबीच प्रशस्त छलफल भएको बताउनु भयो । मौसमसम्बन्धी सूचनाबारे ग्रामिण क्षेत्रका कृषक जानकार भएपनि बाढी नै आउला भन्नेमा विश्वास गर्न नसकेको बताउँदै थप्नुभयो–‘यो अघि पनि पानी पथ्र्यो तर एकदिन परेर रहन्थ्यो । कात्तिकमा यस्तो होला भनेर कसरी पत्याउनु ?
मैनालीको भनाईबाट बाढी आउनेबारे किसानले सूचना नपाएर भन्दा पनि पाएको सूचनामा विश्वास नगर्दा अझबढी क्षति व्यहोर्नु परेको बुझिन्छ । धेरैले बाढीबारे किसानले पूर्व सूचना नपाएका कारण बाढीले क्षति पुर्याएको भनिरहँदा स्वयं किसान भने सूचना पाएपनि विश्वास गर्न नसकेकै कारण क्षति भएको बताउँछन् ।
ठूलो पानी आउँछ भन्नेबारे किसान जानकार भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनु भयो । पानी आउँछ, बाढी पनि आउने संभावनाबारे जानकार भएपनि त्यसबाट बच्न झापाका प्रभावित क्षेत्रका किसानसंग उपाय नै नभएको सभापति ढकालको भनाई छ । नदी तटिय क्षेत्र तथा अन्य क्षेत्रका किसानको अवस्थाबारे बताउँदै ढकालले भन्नुभयो–‘बच्ने कुनै उपाय नै थिएन । यति ठूलो बर्षात भयो त्यो कसैले कल्पना समेत गरेको थिएन ।’ उहाँले थप्नुभयो–‘यो पटकको वर्षातको बेग नै यति ठूलो थियो प्रति घण्टा २०० मिलीमिटर वर्षात पहाडमा भयो ।’
मौसम पूर्वानुमान महाशाखाले वर्षाबारे पूर्व जानकारी गराएको थियो । महाशाखाले असोज २४ गते जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउँदै त्यही आधारमा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको थियो । भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको प्रभावले नेपालमा भारी वर्षा भएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले प्राकृतिक विपद्जन्य घटना न्यूनीकरण गर्न राज्यले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेको पोखरेलले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबेमौसमी बाढीबारे विश्वास नहुँदा क्षति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img