Homeसमाचारझारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या आरोपमा तामाङ पक्राउ

झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या आरोपमा तामाङ पक्राउ

इलाम ९ कार्तिक । झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा इलाम देउमाई नगरपालिका ५ बारुङका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ बर्षीय कमल तामाङ रहेका छन् । तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको घाँटी तथा शरीरका विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
आज (मंगलबार) बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनिहरुको मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरी टोलीले कमललाई नियन्त्रणमा लिएको हो । घटनाबारेमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या आरोपमा तामाङ पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img