विर्तामोड ६ कात्तिक । नेपालमै पहिलो पटक झापामा बिपद प्रभावितका लागि रेमिट मार्फत राहत वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बेमौसमी बाढीबाट प्रभावित झापाका एकहजार छसय ६५ परिवारलाई रेमिटमार्फत राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
६५ जना रेडक्रसकर्मी स्वयंसेवकले पीडित परिवारको घर–घरमै पुगेर रकम आएको जानकारी गराउँदै कन्ट्रोल नम्बर दिएर रकम लिन आमन्त्रण गरेका थिए । बाढीग्रस्त क्षेत्रका १८ स्थानबाट कन्काइ नदि आसपासका अतिजोखिम क्षेत्रका एकहजार छसय ६५ परिवारलाई प्रतिपरिवार १३ हजार पाँचसय) र दुईहजार परिवारलाई राहत स्वरुप केही जिन्सी सहयोग वितरण गरिएको थियो । रेडक्रसले नगद रात वितरणका लागि एनएमसी, सहारा नेपाल, एक्सेल डेभलपमेन्ट बैंक, एनआइसी एसिया लगायतका बैंक तथा वित्तीय संस्थाका रेमिट सेवाको प्रयोग गरेको थियो ।
रेमिट मार्फत बाढी पीडितलाई राहत वितरण

































































































