Homeसमाचारतिराे मिनाहा माग गर्ने उद्देष्यले समिति गठन

तिराे मिनाहा माग गर्ने उद्देष्यले समिति गठन

शरणामती ४ कार्तिक। विद्यालयको  जग्गा जोतभोग गर्ने झापा गाउपालिका -६ शरणामतीका किसानले हरेक वर्ष विद्यालयलाई  बुझाउदै आएको तिरो यो वर्ष भने मिनाहा गर्न माग गर्ने उद्देश्यका साथ सात सदस्यीय समिति गठन गरेका छ्न ।स्थानीय कृषक मनप्रसाद मिश्रको संयोजकत्वमा गठित समितिमा दुर्गाबहादुर पौडेल,सीता पौडेल,मनोज ताम्ली,रेवती शिवाकोटी,तेजप्रसाद भट्टराई र भुवन बुढाथोकी सदस्य रहेका छन् । समितिले हावाहुरी सहित आएको बेमौसमी वर्षाले  धानबालीमा क्षति पुगेपछि किसानलाई राहत स्वरूप हरेक वर्ष प्रति बिगाहा आठ मन धान तिरो स्वरूप लिदै आएका विद्यालयलाई यस वर्ष तिरो मिनाहा गर्न अनुरोध गर्ने संयोजक मनप्रसाद मिश्रले कनकाई अनलाइनलाई बताए ।यहाँका किसानले विगत वर्षौ देखी ताप्लेजुङ आठराइको पोखरी मावि ,झापा घैलाडुब्बाको आदर्श मावि,मेची क्याम्पस,जनता मावि र भानु प्राविका करिव ३२५ बिगाहा जग्गामा जोतभोग गर्दै आइरहेका छन्।

साथै समितिले धानबालीमा भएको क्षतिको लगत संकलन गरेर सरकार सग क्षतिपुर्तीको माग समेत गर्ने निर्णय गरेको छ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ६ नम्बर वडाध्यक्ष हरीबहादुर बानियाँले बेमौसमी वर्षाले वडाका सम्पूर्ण किसानहरूको वर्ष भरिको कमाईमा बज्रपात परेको भन्दै सरकारले दिने क्षतिपुर्तीका लागी सक्दो पहल गर्ने बताए।उनले विद्यालयहरुले समेत तिरो मिनाहा गरेर किसानलाई  राहत दिनु पर्नेमा जोड दिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतिराे मिनाहा माग गर्ने उद्देष्यले समिति गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img