Homeसमाचारकनकाइ नदीबाट प्रभावित एकहजार छसय ६५ परिवारलाई सहयाेग गर्ने

कनकाइ नदीबाट प्रभावित एकहजार छसय ६५ परिवारलाई सहयाेग गर्ने

झापा ३ असाेज । हिजाे विहानदेखि परेकाे पानीका कारण डुवानमा परेकाे क्षेत्रकाे झापाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय, जनप्रतिनिधि, रेडक्रसकर्मीकाे टाेलीले स्थलगत अध्ययन/ अनुगमन गरेकाे छ ।
स्थलगत भ्रमणपछि टाेलीले स्थानीयतहसंगकाे समन्वयमा बाढी प्रभावितलाई केही सहयाेग गर्ने निर्णय समेत गरेकाे नेपाल रेडक्रस साेसाईटी झापाका सभापति लाेकराज ढकालले जानकारी दिनुभयाे ।
बाढी प्रभावित क्षेत्रकाे भ्मणमा गएकाे टाेलीले कनकाई नदीले असर गरेका नगरपालिका तथा गाउँपालिकाहरूसंगकाे समन्वयमा अनलाइन दर्ता गरेका एकहजार छसय ६५ परिवारलाई प्रति परिवार १३ हजार पाँचसयका दरले सहयाेगस्वरूप प्रदान गरिने सभापति ढकालले जनाउनु भएकाे छ ।
उक्त रकम कनकाइका बाढी प्रभावितका लागि WFP मार्फत वितरण गरिने उक्त रकम (धान खेतिको क्षतिपुर्ति) भने नभएकाे बताइएकाे छ । आजैदेखि वितरण शुरू गरिने उक्त रकम प्रभावित परिवारले बितिय सस्था मार्फत उपलब्ध गराइने साे रकम लिनका लागि लाभग्राहिले रकम प्राप्त गरेकाे सिष्टममा नम्बर प्राप्त भएपछि परिचयपत्र देखाएर रकम लिन सक्ने बताइएकाे छ । एकहजार छसय ६५ परिवारलाई प्रति परिवार १३ हजार पाँचसयका दरले २ कराेड २५ लाख बढी रकम वितरण गरिने जनाइएकाे छ ।
साथै अन्य प्रभावित क्षेत्रकाे समेत अध्ययन, क्षतिकाे लेखाजोखा भइरहेकाे र गैर खाद्यबस्तुका साथै बालबालिकाक लागि केहि राहत बितरणको योजना रहेकाे सभापति ढकालले जानकारी दिनुभयाे। बाढीले झापाका गाैरीगञ्जकाे हाेक्लाबारी, झापा गाउपालिका, कचनकवल गाउँपालिका लगायत विभिन्न स्थानीय तहका विभिन्न बस्ती र धानबाली  डुवान र कटानबाट प्रभावित हुँदा ठूलाे मात्रामा खाद्धान्न ( पाकेकाे धान) बालीमा क्षति पुगेकाे छ । जसका कारण कृषक ठुलाे चिन्तामा परेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकनकाइ नदीबाट प्रभावित एकहजार छसय ६५ परिवारलाई सहयाेग गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img