Homeमनोरञ्जनरागेनी आईडल सिजन-४ (फोर) शुरू

रागेनी आईडल सिजन-४ (फोर) शुरू

भद्रपुर २६ असोज । झापाको भद्रपुरमा ६ महिने रागेनी आईडल सिजन-४ (फोर) मंगलवार २६ गतेबाट विधिवत रुपमा संचालनमा आएको छ ।
रागेनी संगितालय भद्रपुर द्धवारा आयोजित गायन प्रतियोगिता सिजन फोर आगामी फागुन सम्म ६ महिना संचालन गरिने भएको हो ।
आइडलमा झापाका १५ वटै स्थानीय तहका ३० बर्ष मुनिका किसोर-किसोरीहरु सहभागी रहने निर्णायक भरत मैनालीले बताउनु भयो ।
झापाका कलाकारहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म पुर्याउने उदेश्यले संचालित प्रतियोगितामा २ सय भन्दा माथिका कलाकारहरुले प्रतिस्पर्दा गर्ने छन् ।
विभिन्न दातामहानुभावहरुको २ लाख बढीको लागतमा संचालनमा आएको प्रतियोगितामा प्रथम, दाेस्राे र तेस्राे स्थानमा हुनेले नगद क्रमशः १५ हजार ,१० हजार र ६ हजार माथिको नगद पुरस्कार प्राप्त गर्ने निर्णायक मण्डलका सदस्य मैनालीले बताउनु भयो ।
जिल्ला व्यापी रुपमा संचालन हुने यस गायन प्रतियोगिताको निर्णायक मण्डलमा मैनाली सहित तारबीर पाण्डे र सर्मिला सिग्देल रहनु भएको संगीतालयले जनाएको छ । २०७४ साल देखि संचालन हुदै अएको आईडल सिजन पहिलोको प्रथम हुने रचना रिमाल हाल राष्ट्रिय कलाकारको रुपमा परिचित छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
मनोरञ्जनरागेनी आईडल सिजन-४ (फोर) शुरू
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img