Homeखेलमिडियाकप व्याडमिन्टन प्रतियोगिताको उपाधि हरप्रहरलाई

मिडियाकप व्याडमिन्टन प्रतियोगिताको उपाधि हरप्रहरलाई

दमक २४ असोज । दमकमा सञ्चालित पाँचौ अन्तर मिडियाकप डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि दमकको हरप्रहर मिडियाले जितेको छ । दमक ६ स्थित दमक व्याडमिन्टन क्लवको कभर्ड हलमा आइतवार सम्पन्न प्रतियोगिताको उपाधि खेलमा हरप्रहरले बिर्तामोडको आँगन एफएमलाई हराउदै जित हासिल गरेको हो । हरप्रहरबाट सुसन राई, कविराज राई र आँगनबाट इन्द्रजित मुखिया र उमाकान्त खनाल सहभागि थिए । विजेता टिमले २१–१७, १३–१७ र २१–१७ को अन्तरले जित हासिल गरेको थियो ।
उपाधिसंगै विजेता टिमले नगद १० हजार, प्रमाणपत्र र मेडल प्राप्त गरयो भने उपविजेतामा चित्त बुझाउनुपरेको आँगन एफएमले नगद ६ हजार,मेडल तथा प्रमाणपत्र पाएको थियो । विजेता,उपविजेता खेलाडीहरुलाई नेपाली कांग्र्रेसकी नेतृ समेत रहेकी संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् ।
नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले वडादशै,दिपावली ,छैठ पर्वको अवसर पारेर बर्सेनी आयोजना गरिआएको खेलकुद कार्यक्रम अन्तर्गत यसवर्ष अन्तरमिडिया कप डवल व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको खेल संयोजक बिष्णु पौडेलले बताए । यूनियनका क्षेत्रीय समितिका अध्यक्ष बिष्णु सुब्बाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा यूनियनकी जिल्ला अध्यक्ष इन्दु पूर्वेली , नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष बिमल लामिछाने लगायतले बोलेका थिए । त्यस्तै कार्यक्रममा महासंघका जिल्ला सचिव डिकेश लामा, संघीय प्रेस नेपालका उपाध्यक्ष कमन देवान, संघीय लिम्बूवान पत्रकार संघका अध्यक्ष दिलकुमार लावती ,नारी सञ्चार गृह झापाकी सचिव भूमिका सुब्बा लगायतको उपस्थिति रहेको थियो ।
दमक व्याडमिन्टन क्लवको व्यवस्थापनमा एक दिने आयोजित सो प्रतियोगितामा दमकसहित झापाका १४ वटा सञ्चार संस्थाले भाग लिएका थिए । कार्यक्रमको सञ्चालन यूनियनका जिल्ला उपसभापति गिरीराज भट्टराईले सञ्चालन गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलमिडियाकप व्याडमिन्टन प्रतियोगिताको उपाधि हरप्रहरलाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img