HomeFeatured 2स्थानीय तहको निर्वाचनमा जित्ने उद्देश्य राख्न कार्यकर्तालाई आग्रह

स्थानीय तहको निर्वाचनमा जित्ने उद्देश्य राख्न कार्यकर्तालाई आग्रह

विर्तामोड २४ असोज । विर्तामोड नगरपालिका वडा नं.–३ को आयोजनामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले आगामी संसदीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेद्वारहरुलाई विजयी गराउने उद्देश्य लिएर अघि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
पार्टीको महाधिवेशनमा विभिन्न तहका निर्वाचनको छनौट प्रक्रियामा संकटको घडीमा पार्टीलाई सहयोग गरेका, नीति विचार र कार्यक्रम बुझेकालाई नेतृत्वमा स्थापित गराउन शिवाकोटीले आग्रह गर्नुभयो ।
पूर्व सांसद डिल्ली सिटौलाले पार्टीभित्र अध्ययन, चिन्तन र संगठन मजबुद पार्न काम गर्र्ने भन्दा फाइदा खोज्ने प्रबृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका अग्रज नेताहरु सत्यनारायण महत, कृष्णबहादुर दाहाल, लयप्रसाद संग्रौला, नन्दलाल न्यापाने, प्रेमप्रसाद कडरिया र लालबहादुर राजवंशीलाई सम्मान गरिएको कार्यक्रममा पूर्वसांसद डिल्ली सिटौला, नेपाली कांग्रेस प्रचार विभाग संयोजक कृष्ण हुमागाँई, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधिहरु दिपक तामाङ, सिता पौडेल, भूमादेवी घिमिरे, दिपेन्द्र ढकाल, सहिद पिता केदार गिरी, नेपाली कांग्रेस झापाका सदस्य पार्वता गिरी, विर्तामोड नगरसभापति भोजराज सिटौला, ट्रेड युनियन कांग्रेस सभापति यज्ञप्रताप अधिकारी, विर्तामोड नगर उपसभापति सूर्य कन्दङवा लगायतले मन्तव्य राख्नु भएको थियो ।
वडा सभापति प्रेम उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मिरा खड्का र सञ्चालन सन्तोष उप्रेतीले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्थानीय तहको निर्वाचनमा जित्ने उद्देश्य राख्न कार्यकर्तालाई आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img