Homeसमाचारआन्तरिक प्रतिष्पर्धामा हारजित हुँदैन

आन्तरिक प्रतिष्पर्धामा हारजित हुँदैन

बुट्टाबारी २५ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीमा सबैलाई न्याय हुने वातावरण बनाउन नवनिर्वाचित नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं.–६ द्वारा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता शिवाकोटीले आफ्नासंग नभइ विपक्षीसंग प्रतिष्पर्धा गर्ने अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि कांग्रेस झापाका सभापति उद्धव थापाले आन्तरिक छनौट प्रक्रियामा विजयी वा उपविजयी हुँदैमा नाफा नोक्सान नहुने बताउँदै अर्को पार्टीसंगको निर्वाचनमा पार्टीका उम्मेद्वारले हार्दा चाहि संगठनलाई नोक्सान हुने बताउनु भयो ।
१४ औं महाधिवेशनका लागि जिल्ला सभापतिका उम्मेद्वार देउमान थेवेले पार्टीको आन्तरिक छनौट प्रक्रिया भएकोले सहमति, सहकार्य र एकताबाट महाधिवेशनबाटै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । आशिष बनको सभापतित्वमा सम्पन्न कार्यक्रममा हर्कलाल गिरी, जलकुमार गुरुङ, कृष्ण हुमागाँईं, सिता पौडेल, छत्र गिरी, सूर्य कन्दङ्वा, पवित्रा ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । हेमकुमार कट्वालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन जीवन बास्कोटाले गर्नुभएकोे थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआन्तरिक प्रतिष्पर्धामा हारजित हुँदैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img