Homeसमाचारसाहित्य कला संस्कृति प्रतिष्ठानको आयोजनामा शुभकामना र पुस्तक विमोचन

साहित्य कला संस्कृति प्रतिष्ठानको आयोजनामा शुभकामना र पुस्तक विमोचन

विर्तामोड २३ असोज । साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोड झापाको आयोजनामा विर्तामोडमा कृति विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उदियमान कवि विजय संग्रौलाद्वारा लिखित अन्तिम विदाई नामक कृतिको विमोचन समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, विशेष अतिथि प्राज्ञसभा सदस्य सुभद्रा भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विमोचित कृतिमाथि साहित्यकार तथा प्राध्यापक देवी संग्रौलाले समिक्षा गरेको कृतिमा प्रेम रसमा लेखिएको कृतिमा सरल र सरस भाषा शैली रहेको टिप्पणी गर्नुभएको थियो ।
मातृकला आश्रमद्वारा प्रकाशित अन्तिम विदाई लेखकको पहिलो कृतिका रुपमा सार्वजनिक भएको हो । सो अवसरमा साहित्यकारहरु विनोद खनाल, पुण्य खरेल, कुमार भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुका साथै रचना वाचन गरेका थिए ।
संस्थाका सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको कार्यक्रममा अन्तिम विदाईका लेखक विजय संग्रौलालाई उदीयमान लेखकको रुपमा सम्मान समेत गरिएको थियो । संस्थाका उपाध्यक्ष इन्द्र कट्वालले स्वागत गरेको कार्यक्रमको सञ्चालन तुलसी निरौलाले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
समाचारसाहित्य कला संस्कृति प्रतिष्ठानको आयोजनामा शुभकामना र पुस्तक विमोचन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img