Homeसमाचारप्रहरी दिवसमा सानुरामसहित झापाका प्रहरीलाई सम्मान र पुरस्कार

प्रहरी दिवसमा सानुरामसहित झापाका प्रहरीलाई सम्मान र पुरस्कार

विर्तामोड २२ असोज । जिल्ला प्रहरी कार्यालय, झापामा विगत ९ महिनादेखि प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका झापाका प्रहरी प्रमुख सानुराम भट्टराई पुरस्कृत हुनु भएको छ । भट्टराईलाई जिम्मेवारी सम्पादन, अवैध लागू औषध नियन्त्रण, अपराधमा सम्लग्न व्यक्ति तथा फरार अभियुक्तलाई कानुनी दायरामा ल्याउनुका साथै आफू मातहतका प्रहरी कर्मचारी परिचालन, जिल्लामा शान्ति सुरक्षा कायम गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको बताइएको छ ।
‘६६ औँ प्रहरी दिवश २०७८’ का अवसरमा प्रदेश नं.१, प्रहरी कार्यालय विराटनगरबाट पुरस्कृत हुनुभएको हो । यसैगरी कार्य सम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ठ कार्य गरेको भन्दै इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख सन्तोष आचार्य, इलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्की र धुलाबारीका प्रहरी निरीक्षक विकास राई लगायत विभिन्न विधामा दर्जन बढी प्रहरीलाई सम्मान गरिएको छ ।
दिएको जिम्मेवारी त्रुटीरहित तरिकाले सम्पादन गर्नुका साथै विभागीय मूल्य मान्यता अनुरुप आदेश निर्देशनको पालना गरी व्यवसायीक, लगनशील र कर्तव्यनिष्ठ तरिकाले उच्च मनोवल र सहासका साथ अपराध अनुसन्धान, फैसला कार्यान्वय र प्रसाशनिक काम कारवाही उत्कृष्ट तरिकाले सम्पादन गरी शान्ति सुरक्षा, अमन चयन कायम राख्ने कार्य र विश्व व्यापी महाभारी– कोभिड १९ को रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी दिवसकै अवसरमा उनीहरुलाई सम्मान गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईको अध्यक्षता, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीको प्रमुख आतिथ्य, जिल्लास्थित सुरक्षा निकाय प्रमुख, पूर्व प्रहरी संगठनका पदाधिकारी, अमर प्रहरी परिवारजन, प्रहरी कार्यमा सहयोग गर्ने संघ–संस्था एवं शैक्षिक संघ–संस्था प्रमुख, पूर्व प्रहरी, रेडक्रस प्रतिनिधि लगायत डेढसय बढीको उपस्थितिमा प्रहरी दिवश कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिबाट अमर प्रहरी परिवारका सदस्यहरुलाई सम्मान, १ नं प्रदेश प्रहरी कार्यालयबाट प्राप्त बहालवाला एवं पूर्व प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाद्वारा आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोगिताहरुमा प्रथम, द्वितिय एवं तृतीय स्थान हासिल गर्ने प्रहरीहरुलाई पुरस्कार एवं प्रहरीको काम कार्वाहीमा रचनात्मक योगदान गर्नुहुने व्यक्तिलाई कदर–पत्र द्वारा सम्मान गरिएको थियो । प्रहरी दिवसकै अवसर पारेर जिल्ला रेडक्रस सोसाईटी शाखा, भद्रपुरको सहयोगमा रक्तदान कार्यक्रम समेतको आयोजना गरिएको थियो, उक्त कार्यक्रममा ३४ जना प्रहरी अधिकृत एवं जवानले रक्तदान गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रहरी दिवसमा सानुरामसहित झापाका प्रहरीलाई सम्मान र पुरस्कार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img