बिर्तामोड १८ असोज । झापा बिर्तामोड ५ निवासी दुर्गादेवी थापाले पितृको सम्झनामा बिर्तामोड ४ स्थित बृद्धाश्रामका बृद्धबृद्धालाई आज (सोमबार) खाना तथा लत्ताकपडा फलफूल बितरण गर्नुभएको छ ।
परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा रहेका १८ आमा र १३ बुवाहरु गरी ३१ बृद्ध मातापितालाई दुर्गादेवी, छोरा तिलक र बुहारी शुसिलाले एकछाक खाना, एक,एक थान लुगा कपडा र फलफूल बितरण गर्नुभएको हो ।
बृद्धाश्रमका अध्यक्ष बिक्रम मादेनको अध्यक्षतामा भएको सो कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका सह कोषाध्यक्ष राधिका चुडाल हुमागाँईले सहजीकरण गर्नुभएको थियो ।
हिन्दु धर्मावलम्बीहरुले आफ्ना पितृहरुको सम्झना र सम्मानमा १६ दिन बार्ने सोह्र श्राद्धका अवसरमा बृद्धबृद्धाहरुको सेवामा आफूलाई समर्पित गर्दै सामाजिक कार्य गरेर पितृ उद्धार र पितृ ऋणको भार तीर्ने प्रचलन पछिल्लो समय बढदै गएको छ ।
यस्ता पर्वहरु बाहेकका समयमा पनि जन्मदिन, बिवाह उत्सव आदिमा बृद्धाश्रममा रहेका मातापिताहरुलाई सहयोग जुटने गरेको आश्रमका सचिव बेनु भट्टराईले बताउनुभयो
दुर्गादेवीद्वारा बृद्धबृद्धालाई भोजन र कपडा बितरण

































































































