भद्रपुर १७ असोज । प्रहरी प्रधान कार्यालयको परिपत्रका अनुसार जिल्ला प्रहरी कार्यालय झापा तथा सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले वृक्षारोपण, मन्दिर सरसफाई सहित माक्स वितरण सम्बन्धि २ दिने कार्यक्रम आइतबार समापन गरेको छ ।
सेवा केन्द्रले असोज १६ गते शुरु गरेको कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रमको पहिलो दिन हिजो भद्रपुर १० स्थित कलवलगुडी कालीमन्दिर परिसरमा बरपीपल, रुदक्ष, बेल, अशोक लगायत विभिन्न प्रजातीका १५० बढी विरुवा रोप्नुका साथै मन्दिर परिषरमा सरसफाई समेत गरिएको थियो ।
त्यसै गरी केन्द्रले आज (आइतबार) तपाइको माक्स खोई ? भन्ने नारा अन्र्तगत सडकमा हिड्ने सर्वसाधारणलाइ सर्जिकल माक्स वितरण गरेको थियो ।
उक्त अवसरमा सदरमुकाम चन्द्रगढीको मुख्य सडक लेखनाथ चौक आसपासको क्षेत्रसहित मालपोत कार्यालय, टे«ड युनियन चौक हँुदै माक्स वितरण गर्नुका साथै प्रभात फेरी समेत गरिएको थियो ।
ज्ञानबहादुर चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर ७ र १० का वडाध्यक्षहरु विनोदप्रसाद पोखरेल, टेकबहादुर खड्का काजी, संस्थापक अध्यक्ष दुर्गाप्रसाद पाठक, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरिक्षक हरीबहादुर बस्नेतको कमाण्डमा सहभागी प्रहरी जवानहरु लगायतको उल्लेखनीय सहभागिता रहेका थियो । कार्यक्रमको संचालन सचिव डमर वनले गर्नु भएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीद्वारा वृक्षारोपण र मन्दिर सफाई

































































































