भद्रपुर १६ असोज । झापाको चन्द्रगढीमा साहित्यकार गणेशप्रसाद नेपालको ‘बाच्नुको एउटा जीवन’ आत्माकथा नामक कृतिको एक कार्यक्रम बीच लोकाअर्पण गरिएको छ ।
प्रत्येक महिनाको अन्तिम शुक्रवारे भेला अन्र्तगत लेखनाथ पुस्तकालयको आयोजना तथा बर्तमान् साहित्य प्रतिष्ठान चन्द्रगढीको सह आयोजनामा पुस्तकालयको सभाहल चन्द्रगढीमा शनिवार आयोजित कार्याक्रमका बीच कृतिको विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सुसेली साहित्य प्रतिष्ठान काँकडभिट्टाका अध्यक्ष पुण्य खरेल लगायतका सहभागीहरुले कृतिको विमोचन गर्नु भएको थियो ।
साहित्यकार कृष्ण सुवेदी निराकारले लेखकको जीवनी माथि प्रकाश पारेको कार्यक्रममा पुस्तक चर्चा भने साहित्यकारद्वय भवानी क्षेत्री र तारा विविधले संयुक्त रुपमा गर्नु भएको थियो ।
पुस्तकालयका अध्यक्ष नवराज घिमिरेकोे अध्यक्षता तथा सह सचिव हरी न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खरेल, साहित्यकारहरु चुडामणी रेग्मी, होम सुवेदी , गंगाप्रसाद ओली, रघुनाथ रिमाल, समाजेवी गणेश पोखरेल लगाएतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका अध्यक्ष कृष्ण अनमोलले गर्नु भएको थियो ।
नेपालको ‘बाच्नुको एउटा जीवन’ आत्माकथा सार्वजनिक
