भद्रपुर १५ असोज । आफू कार्यरत फर्ममा रहेकी ११ वर्षिया बालिकालाई गत असोज ४ गते मेची बहुउद्देश्यीय कृषि फर्म भद्रपुरमा कार्यरत कर्मचारीले खम्बामा बाँधेर दिएको यातना दिने व्यक्तिलाई प्रहरी प्रशासनले सामान्य छलफलबाटै छुटकारा दिएको घटनाप्रति आपत्ति जनाउँदै झापाका विभिन्न १२ वटा सामाजिक संघसंस्थाले घटना भएको ११ दिनपछि विज्ञप्ति जारी गरेका छन् ।
भद्रपुर जेसीज, नेपाल बाल संगठन झापा, राजवंशी समाज विकास समिति, बाल ज्योती समूह, एविसी नेपाल झापा, मानव अधिकारका लागि महिला एकल महिला, नेपाल राष्ट्रिय वंगाली समाज, साना हात नेपाल भद्रपुर, नेपाल रेडक्रस सोसाइटी, भद्रपुर सामुदायिक प्रहरी सेवा केन्द्र, मैथिली समाज झापा, लायन्स क्लब अफ भद्रपुर, आदिवासी जनजाति महासंघ, राजवंशी महिला विकास समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘ घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा बाल सञ्जालले कारवाहीका लागि दिएको उजुरीको कारवाहीको प्रक्रियामा लैजान बेवास्ता गर्दै मौन बस्नुले काननी शासनको धज्जी उडाएको ठहर गरिएको छ ।
कारवाही गर्नुपर्ने व्यक्तिलाई प्रहरी कार्यालयबाटै भएको मेलमिलापले बालिबालिकाको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारलाई समेत कुण्ठित गरेको उल्लेख गर्दै–बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ को उपदफा २ को (घ), (ङ) र (झ) अनुसार कसुर गरेको देखिएको ठहर गर्दै सो ऐनमा भएको व्यवस्था अनुसार कारवाही अघि बढाउन भनेको छ ।
प्रदेश १ कै पहिलो बालमैत्री नगरपाािलकामा भएको अमानवीय व्यवहार विरुद्ध कानूनमा उल्लेख भए अनुसार पीडकलाई कारवाहीको गरिनुपर्नेतर्फ सचेत गराउँदै विज्ञप्तिमा भनिएको छ–‘बाल संजालले उजुरी दिंदा पनि प्रहरी प्रशासनले वेवास्ता गरेको प्रति झापाका विभिन्न संघ संस्थाहरुको चासो र सरोकार रहेको व्यवहोर ाजनकारी गराउँदै यथाशिघ्र पीडित पक्षलाई न्याय दिलाउन शालिन आग्रह गर्दछौं ।’
मेची बहुउद्देश्यीय कृषि फर्मममा कार्यरत सुनसरी इनरुवा नगरपालिका–६ का अनिल पौडेलले सोही फार्ममा रहेकी ११ वर्षीया बालिकाको हात पछाडि खम्बामा बाँधेर कुटपिट गरेका थिए ।
बालिकालाई अमानवीय तरिकाले कुटेको घटनाप्रति अभिभावक र छरछिमेकी समेतले कुटपिटमा संलग्न पौडेललाई वडा प्रहरी कार्यालय भद्रपुरमा कारवाहीका लागि निवेदन दिएका थिए । तर प्रहरी कार्यालयबाट सामान्य छलफल गरी दोषीलाई छाडिएको आरोप लाग्दै आएको छ ।
११ वर्षिया बालिका कुटपिट गर्नेलाई छुटकारा दिएको भन्दै संघसंस्थाद्वारा आपत्ति
