झापा बुद्धशान्ति ६ साविक शान्तिनगरमा जन्मिएका युवा गायक बीर पङ्धाकले ‘बाचा कसम’ बोलको पूर्बेली भाका सार्बजनिक गरेका छन् । उदियमान गायक पङ्धाकले मेरो अनलाईन टिभी मार्फत सार्बजनिक गरेका निकै मन छुने पूर्वेली गीतमा गायिका श्रेया राईले साथ दिएकी छिन ।
मनिस सङ्गम राईको उत्कृष्ट लय तथा शब्दमा सिर्जना भएको गीतमा देविनबाबू राईले सङ्गीत भरेका छन । आदर्श लिम्बुले निर्देशन गरेको उक्त गीतमा पुर्बेली गाउँबेसिको भाका र माया पिरतिका कुरा दर्शाउन खोजिएको छ ।
म्युजिक भिडियोमा आन्तरिक पर्यटकहरुका लागि गन्तब्य बन्दै गरेको बुद्धशान्तिको ठुटेबर, सतिगौडा वरपरको दृष्यहरु कैद गरिएकोे म्युजिक भिडियो निकैमनमोहक देखिएको छ । अन्जित श्रेष्ठले छायांकन र दिलमाया लिम्बुले कोरियोग्राफर गरेको भिडियोमा मोडल प्रेना लिम्बु र गायक पङ्धाक स्वयमले अभिनय गरेका छन ।
सानैदेखी पूर्बेली गीतहरुमा रुची राखेर गाउने गरेका थिए । यहि क्षेत्रबाट केही गरौं भन्ने लागेको छ , उनले भने । फुलबुट्टे चोली, मरुभूमि , नदि तरि, छुच्चि लगायत दुई दर्जन बढी गीत गाइसकेका पङ्धाकले श्रोता तथा गीत सङ्गीत प्रेमीबाट पनि राम्रो प्रतिक्रिया आइरहेको बताउँदै आगामी दिनहरुमा गायन क्षेत्रमा थप हौसला प्राप्त हुने अपेक्षा समेत व्यक्त गरेका छन् ।

































































































