भद्रपुर ११ असोज । मालपोत कार्यालय भद्रपुर झापाले कोरोनाका बाबजुद पनि राजश्व संकलनमा उल्लेखनीय सुधार गरेको छ । कार्यालयले गत आ.व. व. २०७७/७८ को असार मसान्त सम्मको एक आर्थिक बर्षमा ५८ करोड ८६ लाख ८८ हजार ८ सय १ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको हो ।
कार्यालयले अघिल्लो आ.व. २०७६/७७ मा ३० करोड ५७ लाख ४४ हजार ७८५ रुपैयाँ राजश्व संकलन गरेको थियो । यो रकम अघिल्लो आ.व.को भन्दा झण्डै दोब्बर बढी हुन आउँछ ।
कार्यालयमा पुरुषको भन्दा महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्ने महिलाहरुको संख्यामा समेत बृद्धि भएको मुद्धाफाटका कर्मचारी कविराज कोईरालाले बताउनु भयो ।
उहाँले महिलाको नाममाा जगा पास गर्नेको संख्यामा उल्लेखनीय सुधार भएको बताउदै कार्यालयलै उत्त आ.व.मा ३५ करोड ७० लाख ३ हजार १ सय ५१ रुपैयाँ राजश्व महिलालाई छुट दिएको समेत जानकारी दिनुभयो ।
प्राप्त राजश्व मध्यबाट प्रदेश सरकारलाई जम्मा राजश्वको ४० प्रतिसत का दरले २० करोड १९ लाख १४ हजार २ सय ९२ रुपैया र स्थानीय सरकारलाई ३० करोड २८ लाख ७१ हजार ४ सय ३८ रुपैया राजश्व पठाएको कोईरालाले बताउनु भयो ।
भद्रपुर मालपोतको राजश्व संकलनमा सुधार

































































































