HomeFeatured 2बिर्तामोड नगरपालिकाको नगर विकास योजना पुस्तक सार्वजनिक

बिर्तामोड नगरपालिकाको नगर विकास योजना पुस्तक सार्वजनिक

बिर्तामोड ११ असोज । बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा तथा आव २०७८/०७९को नगर विकास योजनाको पुस्तक सार्वजनिक गरिएको छ ।
सोमबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच समिक्षा तथा पुस्तक सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश १ सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका हुन् । गत असार १० गते आयोजित सातौँ नगरसभामा पेश भएका नीति तथा कार्यक्रमलाई समेटिएको छ । कार्यक्रममा बिर्तामोड नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा निशुल्करुपमा पठन पाठन गराउँदै आएको आचरण सचेतना शिक्षा कक्षा ३ देखि ८ सम्मको पाठ्यक्रम तथा कक्षा ७ र ८को पाठ्य पुस्तक समेत विमोचन गरिएको छ ।
सोहि कार्यक्रमका बिच नगरपालिकाको विभिन्न वडामा जग्गा दिएर सहयोग गर्ने जग्गा दाता, अवकास प्राप्त कर्मचारी, उत्कृष्ट कर्मचारी, समाजसेवी तथा खेलाडीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा आधारभुत स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा उपलव्ध गराउने जग्गा दाता बिर्तामोड वडा नं.–१ का दानबहादुर राउत, वडा नं.– ४ का भिमकला रावत, वडा नं.–९ का तोमप्रसाद पाठक, वडा नं.– १० का श्रीप्रसाद शिवाकोटी रहेका छन् ।
यस्तै बिर्तामोड नगरपालिकाबाट अवकाश प्राप्त कर्मचारी लेखा अधिकृत यादवप्रसाद अधिकारी, तुलसीप्रसाद भण्डारी, धनकुमारी भण्डारी र प्रधुम्न न्यौपानेलाई सम्मान तथा विदाई गरिएको कार्यक्रममा बिर्तामोड नगरपालिका–४का भक्तिप्रसाद तिवारी र वडी विल्डर राम दाहाललाई सम्मान गरिएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/0७८को उत्कृष्ट कर्मचारीका रुपमा कोभिड–१९को संक्रमण उच्च रहेको बेलामा समेत अहोरात्र खट्ने एम्बुलेन्स चालक महेन्द्रकुमार घिमिरे र सव वहान चालक खगेन्द्रप्रसाद मैनालीलाई सम्मान गरिएको छ । सम्मानित हुने सबैजनालाई प्रमुख अतिथि तथा प्रदेश १ सांसद एकराज कार्की,नगरप्रुमख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले सम्मान पत्रसहित सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा नगरपालिका भित्रका विभिन्न १५ वटा शाखाको आव २०७७/०७८ को वार्षिक समिक्षा गरिएको थियो । शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, पशुपंक्षि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेल, योजना शाखा प्रमुख जय तिम्सिना, आर्थिक प्रशासन शाखाका निमित्त प्रमुख प्रकाश न्यौपाने, राजश्व शाखाका प्रमुख पदमराज न्यौपाने, कानुन शाखा प्रमुख टिका लामिछाने, घर नक्शा शाखा प्रमुख प्रभाव थापा मगर, पञ्जिकरण इकाई शाखा प्रमुख अशेष अधिकारी,प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख होमनाथ भट्टराई र उद्यम विकास कार्यक्रम प्रमुख चलिमाया तामाङ्गले आ–आफ्नो शाखाको प्रगती विवरण पेश गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश १ सांसद एककाराज कार्कीले सार्वजनिक भएका योजनाहरुको कार्यान्यनमा ध्यान दिन सबै जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष उमानाथ ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नगर अध्यक्ष रञ्जु प्याकुरेल,नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज युवराज दाहालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रमको आचित्यमाथि प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले प्रकाश पार्नु भएको थियो ।कार्यक्रमलाई योजना अधिकृत जय तिम्सीनाले सञ्चालन गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड नगरपालिकाको नगर विकास योजना पुस्तक सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img