काँकरभिट्टा १० असोज । कांग्रेस मेचीनगरको सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । आज सम्पन्न मतदानबाट सभापतिमा प्रतिष्पर्धी नबिन बराललाई १४ मतले पछि पार्दै पनेरु निर्वाचित भएको नगर निर्वाचन समितिले जनाएको छ ।
नगरको सभापतिमा निर्वाचित पनेरुले ४९३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपसभापतिद्वयमा धनकाजी खत्री र योगेन थापा मगर, दुईजना सचिवमा मुकेश लिम्बू र मनोज घिमिरे निर्वाचित हुँदा सहसचिवद्वयमा टिका धमला र विजय भट्टराई निर्वाचित भएका हुन् ।
८५ सदस्यीय नगर कार्यसमितिको अन्य पदमा यसअघि नै सर्वसम्मत भइसकेको छ ।
मेचीनगरको सभापतिमा पनेरु निर्वाचित

































































































