विर्तामोड १० असोज । नेपाली कांग्रेसको बाह्रदशी गाउँपालिकाको सभापतिमा इन्द्र बस्नेत निर्वाचित भएका छन् ।
पार्टीको १४ औँ महाधिवेशन अन्तरगत आज सम्पन्न मतदानबाट प्रतिष्पर्धाी टंकप्रसाद साहलाई ४३ मतले पछि पार्दै बस्नेत विजयी भएका हुन् ।
निर्वाचनबाट उपसभापतिद्वयमा पञ्चानन राजवंशी र शुशीला ढुङ्गेल निरौला विजयी भएका छन् । ४ जना प्रतिष्पर्धीमध्ये महताव आलम र मोहन कार्कीलाई पछि पार्दै राजवंशी र निरौला निर्वाचित भएको बताइएको छ । उपसभापतिका विजयी उम्मेद्वारमध्ये राजवंशीले ९८ र निरौलाले ९३ मत प्राप्त गर्दा उनीहरुको प्रतिष्पर्धी आलमले ५३ र कार्कीले ६१ मत प्राप्त गरेको बताइएको छ ।
त्यसैगरी ९२ मत प्राप्त गर्दै सचिवमा दिनेश थापा र ७५ मतसहित टंकबहादुर कार्की निर्वाचित भएका छन् भने सहसचिवद्वयमा १०९ मतसहित लखिराम किस्कु र ७४ मत प्राप्त गर्दै किशनलाल साह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी कचनकवल गाउँपालिकामा उपसभापतिको एकमात्र पदमा भएको निर्वाचनबाट लालमोहन राजवंशी र आविद हुसेन विजयी भएका छन् ।
तीनजना प्रतिष्पर्धी रहेको उपसभापतिद्वयमा निर्वाचित राजवंशीले ८७ मत र हुसेनले ८६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनीहरुका प्रतिष्पर्धी निश्चल दाहालले ३ मत प्राप्त गरेको बताइएको छ ।
कचनकवल गाउँपालिकाको सभापतिमा तुलाराम अधिकारीको नेतृत्वमा अन्य पदाधिकारीहरु यसअघि नै सर्वसम्मत चयन भएका थिए ।
त्यसैगरी बुद्धशान्ति गाउँपालिकामा उपसभापति र सचिव पदमा निर्वाचन भएको थियो । निर्वाचनबाट उपसभापतिद्वयमा ८५ मत प्राप्त गर्दै मदन प्रसाई र ७३ मतका साथ मनिस दाहाल निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धी चेतन ढुङ्गेलले ५७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
दुईजना सहसचिवका लागि प्रतिष्पर्धामा रहेका ४ जना मध्ये सुजित बराल र सुरेश खतिवडा विजयी भएका छन् । बरालले ८८ मत प्राप्त गर्दा खतिवडाले ६७ मत प्राप्त गरे भने उनीहरुका प्रतिष्पर्धी दीपक सापकोटाले ६१ र पुण्यप्रसाद भट्टराईले २३ मत प्राप्त गरेका थिए ।
बुद्धशान्ति गाउँपालिकाको आगामी नेतृत्वका लागि गाउँसभापतिमा चक्र शेर्मासहित अन्य पदाधिकारी तथा सदस्यहरुमा यसअघि नै सहमतिका आधारमा चयन भइसकेका छन् ।
त्यसैगरी विर्तामोड नगरपालिकाको नेतृत्वका लागि आजै सम्पन्न निर्वाचनको गणना भइरहेको छ । राजनीतिक रुपमा चासोका साथ हेरिएको विर्तामोड नगरपालिको नेतृत्वका लागि भोजराज सिटौला र कुलप्रसाद संग्रौला प्यानलसहित चुनावी मैदानमा थिए । २८० मतदाता रहेको विर्तामोडमा २७९ ले मतदान गरेको बताइएको छ ।
सहमति भएका बाहेक जिल्लाका सबै स्थानीय तहमा सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
बाह्रदशी कांग्रेसको सभापतिमा बस्नेत, बुद्धशान्ति, कचनकवल र अर्जुनधाराको अन्तिम मत परिणाम प्राप्त

































































































