अर्जुनधारा १० असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत अर्जुनधारा नगरपालिकामा भएको निर्वाचनमा सभापति पदमा हेमराज खरेल विजयी भएका छन् ।
खरेलले प्रतिष्पर्धी भिष्म मिश्रलाई २७ मतले पछि पार्दै दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।
अन्य पदाधिकारी र सदस्यको आन्तरिक सहमतिमा भए पनि सभापति पदका लागि २ जनाले उम्मेद्वारी दिएका थिए ।
अर्जुनधारा ९ का भिष्म मिश्रले १०४ मत प्राप्त गर्दा र अर्जुनधारा ५ का खरेलले १३१ मत प्राप्त गरेका थिए । २४८ मतदाता रहेको अर्जुनधारा नगरपालिकाको नगरसभापतिका लागि २४० मत खसेको थियो ।
खसेको मत मध्ये ५ मत बदर भएको पार्टीका नगर सहसचिव सञ्जीव पौडेल (इशान)ले जानकारी दिए । नगर उपसभापतिद्वयमा भेषराज भण्डारी प्रशान्त र चतुर्भुज काफ्ले सचिवद्वयमा इन्दिवर खड्का र मेदनी गुरागाईं, सहसचिवद्वयमा सञ्जीव पौडेल (इशान) र निरज ढकाल निर्विरोध भइसकेका थिए ।
अर्जुनधारा नगरको सभापतिमा खरेल निर्वाचित

































































































