HomeFeatured 2झापाका ४ पालिकाको नेतृत्व सर्वसम्मत, अन्यमा नामावली प्रकाशन

झापाका ४ पालिकाको नेतृत्व सर्वसम्मत, अन्यमा नामावली प्रकाशन

विर्तामोड ९ असोज । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तरगत झापाका १५ वटै पालिकामा मनोनयन दर्ता लगायतका प्रक्रिया पूरा गरि उम्मेदवारको अन्तिम नामावली प्रकाशन एवं निर्बिरोध भएकाहरुको नामावली सार्बजनिक गरिएको छ ।
निर्वाचन अन्तरगर हल्दिबारी गाउँपालिकामा गङा प्रसाइको नेतृत्व निर्बिरोध समिति चयन भएको हो । मनोनयन दर्तामा भेला भएका लगभग ९० प्रतिशत क्षेत्रीय प्रतिनिधिले ‘हामीलाई यो घाममा भोलि पनि किन दुस्ख दिनुहुन्छ, हामी अहिले नै हात उठाएर भनिदिन्छौ गाउँ सभापति को हो भनेर’ भनेपछि निर्वाचनको माहोल परिवर्तन भएपछि गङा प्रसाइको नेतृत्वमा सर्बसम्म्मत समिति चयन भएको हो ।
यसैबीच कचनकबलमा पनि तुलाराम अधिकारी सभापति, टेकनाथ पौडेल र रोमसम राजबंशी सचिब, सागर राजबंशी र रुद्र उप्रेती सहसचिवमा निर्बिरोध चयन भएका छ्न । उपसभापतिमा भने ३ जनाको उम्मेदवारी परेको र सहमति को पहल भैरहेको ३ नम्बर क्षेत्रीय सचिब गीताप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी झापाको बुधबारेमा चक्र शेर्मा, सचिबमा कृष्ण खतिवडा र मदन मगर निर्बिरोध भएका छ्न भने उपसभापतिमा ३ एवं सहसचिवमा ३ जनाको उम्मेदवारी दर्ता भएको २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीले जानकारी दिनुभयो ।
झापाको भद्रपुरमा नगरपालिकामा सभापतिमा ५, उपसभापतिमा ३, सचिबमा ६, सहसचिवमा ४ जनाको मनोनयन दर्ता भएको छ ।
यता अर्जुनधारा नगरपालिकामा सभापति पदमा मात्रै निर्वाचन हुने भएको छ । अन्य पदमा निर्बिरोध नेतृत्व चयन भैसकेको छ । झापा गाउँपालिकामा यश अघि नै सागीरथ गणेशको नेतृत्वमा निर्बिरोध नेतृत्व चयन भैसकेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापाका ४ पालिकाको नेतृत्व सर्वसम्मत, अन्यमा नामावली प्रकाशन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img