Homeसमाचारबिर्तामोडको नगरसभापतिका लागि सिटौला र संग्रौलाबीच प्रतिष्पर्धा

बिर्तामोडको नगरसभापतिका लागि सिटौला र संग्रौलाबीच प्रतिष्पर्धा

विर्तामोड ९ असोज । राजनीतिको मुख्य थलोका रुपमा चिनिएको बिर्तामोड नगरपालिकाको आगामी नेतृत्वका लागि दुई प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ ।
नगरको आगामी नेतृत्वका लागि भोजराज सिटौला र कुलप्रसाद संग्रौलाको टिमबीच चुनावी प्रतिष्पर्धा हुने भएको हो ।
असोज १० गते हुने निर्वाचनका लागि सिटौलाको प्यानलबाट उपासभापतिमा सूर्य कन्दङ्वा र राजकुमार राजवंशी सचिवद्वयमा उत्तम खनाल र दिवाकर प्रसाई तथा सहसचिवमा रमेश चौधरी र दिनेश पराजुली चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी नगर सभापतिको दावी गर्दै उम्मेद्वारी दिएका संग्रौलाको प्यानलबाट उपसभापतिमा बलराम कार्की र पशुपति राजवंशी, सचिवद्वयमा अच्युत दाहाल र
दिपेन्द्र राउत, सहसचिवद्वयमा धर्मेन्द्र सिटौला र अमोद दाहाल चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । नगरको नेतृत्वका लागि दुई प्यानलबाट, वडाबाट खुल्ला प्रतिनिधि तथा समानुपातिकसहित ८९ जनाले मनोनयन दर्ता गराएको सहायक मतदान अधिकृत राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडको नगरसभापतिका लागि सिटौला र संग्रौलाबीच प्रतिष्पर्धा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img