मेचीनगर ९ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मेचीनगरमा सभापतिसहित सबै पदाधिकारीमा निर्वाचन हुने निश्चित भएको छ ।
नगरको आगामी नेतृत्वका लागि नगरसभापतिमा नविन बराल र शुवेस पनेरुबीच प्रतिष्पर्धा हुने निश्चित भएको मतदान सहायक अधिकृत ज्ञानेन्द्र निरौलाले जानकारी दिनुभयो ।
नगरमा चयन हुने दुई उपसभापतिमा ४ जनाको उम्मेद्वारी परेको छ । उपसभापतिमा राजु अधिकारी, सञ्जीव ओली, धनकाजी खत्री र योगेन्द्र थापामगरबीच चुनावी प्रतिष्पर्धा हुने निश्चित भएको हो । दुईजना नगरसचिवका लागि मनोज घिमिरे, अशोककुमार राई, लक्ष्मीप्रसाद काफ्ले र मुकेश लिम्बूले मनोनयन दर्ता गराएसंगै सचिव पदमा पनि निर्वाचन हुने भएको छ ।
त्यसैगरी चन्दन गौतम, टिकाराम धमला, नविन खतिवडा, लोकेन्द्र थपलिया र विजय भट्टराईले नगर सहसचिवमा उम्मेद्वारी दिएका छन् । पाँचजना सहसचिवका प्रतिष्पर्धी मध्येबाट २ जना निर्वाचित हुनेछन् ।
८५ जना नगर समिति रहने मेचीनगरमा वडाबाट आएका सबै उम्मेद्वार सर्वसम्मत भएका छन् भने समानुपातिक तर्फ दलित कोटा बाहेक अन्यमा सर्वसम्मत भएको बताइएको छ ।
मेचीनगरमा सभापतिसहित सात मुख्य पदका लागि १५ जना प्रतिष्पर्धामा

































































































