विराटनगर ९ असोज । १७ केजी गाँजासहित मोरङ प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका– १४ जतुवा कि २५ बर्षीया आरतीदेवी यादवलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको हो । शनिबार दिउँसो साढे १२ बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

































































































