झापा ७ असोज । झापामा कांग्रेस नेताहरू अहिले अन्तरिक प्रतिस्पर्धाका लागि मत माग्न व्यस्त छन् । त्यो सँगसँगै उनीहरू मानवीय कार्यमा पनि उत्तिकै सक्रिय छन् । बुधबार कांग्रेस नेताहरूले गौरीगञ्ज गाउँपालिका–१ का २२ घर बाढी पीडितलाई नगद सहित खाद्यान्न वितरण गरेका छन् । साविक महाभारा – ७ टप्पुका माई प्रभावितलाई राहत वितरण गरिएको गौरीगञ्ज– १ का कांग्रेस वडा सभापति विनोद राजवंशीले बताए । कांग्रेस नेताहरूले क्रियाशील सदस्य नुनिया राजवंशीको परिवारलाई नगद १० हजार, दृष्टिबिहीन सियाराम ताजपुरियाको परिवारलाई ६५ सय नगद सहित खाद्यान्न वितरण गरिएको हो। पूर्ण रूपमा घर क्षति भएका भीम सुब्बा, नरबहादुर सुब्बा, बुद्राइ हस्दा, जीनिन्द्र लिम्बू लगायत २२ परिवारलाई राहत वितरण गरिएको हो ।
पूर्ण रूपमा घर क्षति भएका परिवारलाई २५ किलो चामल, १ लिटर तेल, १ केजी दाल र १ केजी नुन वितरण गरिएको हो । घर आंशिक क्षति भएका परिवारलाई १५ किलो चामल, १ लिटर तेल, १ केजी दाल र १ केजी नुन वितरण गरिएको छ। कांग्रेस महासमिति सदस्य किरण भट्टराई, महाधिवेशन प्रतिनिधि नेत्र पौडेल, गौरीगञ्ज पार्टी सहसभापती दिनेश्वर राजवंशी (दिनेश) को अगुवाईमा राहत हस्तान्तरण गरिएको गौरादह नगरपालिका –९ का वडासदस्य कृष्ण गौतमले जानकारी दिए । भट्टराई अहिले महासमिति, पौडेल र राजवंशी महाधिवेशन प्रतिनिधि र गौतम झापा क्षेत्र नम्बर ४ को क्षेत्रीय सहसचिवका उम्मेदवार समेत हुन् ।
कांग्रेस नेताले बाँढे गौरीगञ्जका २२ परिवार बाढी पीडितलाई राहत

































































































