भद्रपुर ६ असोज । झापा गाउँपालिका वडा नं.–१ माइतीघर भई भारतको किसनगञ्ज जिल्लाको सिंघीमारी ग्राम पञ्चायत बस्ने डोली भन्ने धोन्नी टुडुको हत्या संलग्न आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा मृतकका भान्जा भारत सिंघ्रीमारी गा्रम पञ्चायत बस्ने वर्षीय २३ को ऐतवार सोरेन, झापा गाउँपालिका वडा नं १ का ३७ वर्षीय लखन टुडु सतार, सोही ठाउँका २७ वर्षीय हेमर सतार र ५६ वर्षीय सिरी साईला भन्ने सोमाइ हेमरम सतार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराईले जानकारी दिनुभयो ।
अर्धनग्न अवस्थामा मृत भेटिएकी धोन्नीको हत्यामा हत्यामा संलग्नलाई प्रहरीले असोज १ गते पक्राउ गरेको थियो ।
उक्त घटनामा संलग्न मृतकका देवर किसनगञ्ज जिल्लाको सिघ्रीमारी ग्राम पञ्चायतका मण्डल हेमरम भने अझै फरार रहेकोले खोजी भइरहेको बताइएको छ । धोन्नीको हत्यामा उनको सौताको भाईको प्रत्यक्ष संलग्नता रहेको अनुसन्धानबाट खुलेको प्र्रहरीले जनाएको छ ।
युवतीको शब भेटिनु भन्दा १५ दिन अघि श्रीमान गुमाएकी धोन्नीलाई उनकी सौताले बोक्सी लगायत विभिन्न आरोप लगाई हेला गर्ने गरेको खुलेको छ भने देवरसंग पनि जग्गाको विषयमा विवाद रहेको अनुसन्धानका क्रममा पाइएको प्रहरी प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
धोन्नीको हत्यामा प्रयोग गरिएका हतियार (दाउ) भने उनको शब भेटिएकै खोला सानोमाईमा बगाएको बताइएको छ ।
गत भदौ २५ गते झापा गाउँपालिका अन्तरगत पर्ने सानो माईखोलामा धोन्नीको शब भेटिएको थियो । तत्काल पहिचान खुल्न नसकेकी धोन्नीको घुँडादेखि माथिको भाग मात्रै फेला परेको थियो ।
घरायसी विवादका कारण धोन्नीको हत्या, ४ जना पक्राउ

































































































