Homeसमाचारकांग्रेसको १४ औं महाधिवेशन, पालिकाको निर्वाचन तालिका सार्वजनिक

कांग्रेसको १४ औं महाधिवेशन, पालिकाको निर्वाचन तालिका सार्वजनिक

विर्तामोड ७ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत यही असोज ९ गते हुने पालिकाको अधिवेशन अन्तरगत झापाका १५ वटै पालिकाका लागि नेपाली कांग्रेस झापा र जिल्ला निर्वाचन समितिले सम्पूर्ण तयारी पूरा गरेको छ । झापामा एकसय ३१ वटै वडातहमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएसँगै पालिका तहको अधिवेशनका लागि जुटेको कांग्रेसले तयारी गरेको हो । असोज ९ गते हुने पालिका तहको निर्वाचनका लागि झापाका १५ वटै पालिकामा तोकिएका मतदान अधिकृतलाई पार्टीको विधान, निर्वाचन निर्देशिका र अनुसूचीहरुबारे बिहीबार प्रशिक्षण सम्पन्न गरिएको छ ।
नेपाली कांग्रेस झापाका सभापति एवं कार्यक्रमका सभापति उद्वव थापाले निर्विवाद रुपमा वडा अधिवेशन सम्पन्न गर्ने वडा तहका सम्पूर्ण मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई धन्यवाद दिदै पालिका तहको निर्वाचन पनि स्वच्छ, पारदर्शी, निश्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आग्रह गर्नुभयो ।
क्रियाशील सदस्यता वितरण र वडा तहको निर्वाचन शान्तिपूर्ण रुपमा भएपछि सबै जिल्ला एवं केन्द्रमा समेत झापा उदाहरणीय बनेको चर्चा गर्दै सभापति थापाले स्वस्थ प्रतिष्पर्धाका लागि सम्पूर्ण नेता कार्यकर्तालाई आह्वान समेत गर्नुभयो । लोकतान्त्रिक पद्धति अनुरुप भएको निर्वाचनमा हारजित सामान्य प्रक्रिया भएको भन्दै उहाँले निर्वाचनपछि पार्टी एकढिक्का हुने विश्वास ब्यक्त गर्नुभयो ।
प्रशिक्षणका क्रममा पालिका तहको निर्वाचनमा समावेशी सहभागिता सम्बन्धी ब्यवस्थासहितको अनुसूची, निर्वाचन निर्देशिका र विधानका विषयमा उठेका सवालहरुको जवाफ जिल्ला निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले दिनुभएको थियो ।
निर्वाचन सम्पन्न गराउन आफू माध्यम मात्रै भएको बताउँदै जिल्ला निर्वाचन अधिकृत चिलवालले शान्पिूर्ण, निश्पक्ष र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न पालिका तहमा खटिएका अधिकृतहरुलाई आग्रह गर्नुभयो ।
नेपाल शिक्षक संघका अध्यक्ष नेत्र खरेलले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व अध्यक्ष कृष्ण हुमागाई, डेमोक्रेटिक लयर्स एसोसिएसन झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारी, लगायतको सहभागिता रहेको थियो ।
यसैबीच पालिका तहको निर्वाचन सम्पन्न गराउन झापाको मेचीनगरमा हरिप्रसाद अधिकारी, अर्जुनधारामा लक्ष्मीप्रसाद शिवाकोटी, बुद्धशान्तिमा बसन्त नेपाल, विर्तामोडमा नारायणप्रसाद पौडेल, कनकाईमा खगेन्द्र खरेल, हल्दिबारीमा बोधकृष्ण पौडेल, बाह्रदशीमा अमृतबहादुर बुढाथोकी, भद्रपुरमा मञ्जु दाहाल, कचनकबलमा मित्र खनाल, झापामा जगन्नाथ राजवंशी, शिवसतासीमा प्रकाश भण्डारी, कमलमा कुमार खतिवडा, दमकमा बबुवान दाहाल, गौरादहमा सुरेशकुमार पोखरेल, र गौरीगञ्जमा गोविन्द घिमिरेलाई मतदान अधिकृत तोकिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार मतदान अधिकृत र सहायक अधिकृतहरुले असोज ८ गते निर्वाचन स्थल तय एवं ब्यवस्थापन गर्नेछन् भने ९ गते विहान १० बजे मतदाता नामावली प्रकाशन, १२ देखि २ बजेसम्म उम्मेद्वारी दर्ता, २ बजेदेखि २ः३० उम्मेद्वारमाथी दावीविरोध, उम्मेद्वारको नामावली प्रकाशन ३ बजे, उम्मेद्वारी फिर्ता ३ बजेदेखि ६ बजेसम्म अन्तिम नामावली प्रकाशन ६ः३० बजे तय गरिएको छ । यसैगरी असोज १० गते विहान ८ बजेदेखि १ बजेसम्म मतदान र मतदान सम्पन्न भएलगत्तै मतगणनाको समयतालिका तय गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसको १४ औं महाधिवेशन, पालिकाको निर्वाचन तालिका सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img