विर्तामोड ५ असोज । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा २०७८ सालमा पुरस्कृत गर्ने कृति तथा प्रतिभा छनौटका लागि समिति गठन गरिएको छ ।
बेग्ला बेग्लै प्रतिभा छनौटका लागि बैठकले छुट्टाछुट्टै तीनवटा कृति तथा प्रतिभा छनौट समिति गठन गरेको हो ।
कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा कोषको विर्तामोडस्थित कार्यालयमा बसेका बैठकले २०७८ सालमा पुरस्कृत गर्ने वर्षोत्कृष्ठ कृति छनौटका लागि उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
त्यसैगरी विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सम्मान प्रतिभा छनौटका लागि कोषका अध्यक्ष प्रसाई संयोजक रहेको समिति गठन गरेको बैठकले धनमाया वर्षोत्कृष्ठ महिला पत्रकारिता पुरस्कारका लागि लोकराज ढकालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
२०५९ सालमा स्थापित जयेन्द्रप्रसाद साहित्य सेवा कोषले साहित्य पत्रकारिता क्षेत्रको उन्नयनका लागि वर्षेनी तीनवटा पुरस्कार वितरण गर्दै आएको छ । सम्मान तथा पुरस्कृत गर्दै आएको छ । शुरुमा वर्षोत्कृष्ट पुरस्कार मात्र वितरण गर्दै आएको संस्थाले त्यसपछि अध्यक्ष प्रसाईकी आमा स्व.धनमाया प्रसाईको स्मृतिमा वर्षोत्कृष्ट धनमाया महिला पत्रकारिता पुरस्कार तथा विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवा सम्मान पुरस्कारको स्थापना गरि वर्षेनी वितरण गर्दै आएको सचिव राजेन्द्र प्रसाईले जानकारी दिनुभयो ।
वर्षोत्कृष्ठ कृति तथा प्रतिभा छनौटका लागि समिति गठन

































































































