सुरुङ्गा ४ असोज । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत झापा गाउँपालिकाको नेतृत्व सर्वसम्मत चयन गरेको छ । झापामा वडा तहको अधिवेशन सम्पन्न भएसंगै झापा गाउँपालिकाले पालिकाको नेतृत्व पनि सर्वसम्मत गरेर अन्य ठाउँमा पनि सर्वसम्मत नेतृत्व चयनको सन्देश दिएको छ । संभवत झापा गाउँपालिका १४ औं महाधिवेशनका लागि गाउँपालिकाको नेतृत्व चयन गर्ने देशभरमै पहिलो पालिका भएको बुझिएको छ ।
झापा गाउँपालिकामा पार्टीको आगामी नेतृत्वका लागि सागीरथ गणेशको नेतृत्वमा नयाँ गाउँ कार्य समिति चयन गरेको हो । गाउँपालिकाको नेतृत्व सर्वसम्मत चयनका लागि पार्टीका महासमिति सदस्य देउमान थेवे, क्षेत्रीय सभापति जयनारायण शाह, क्षेत्रीय सचिव शिव कँडेललगायतले भूमिका खेलेका थिए ।
नेपाली काँग्रेसमा सकृय रुपमा काम गरिरहेका गणेश यसअघि क्षेत्रीय सदस्य थिए । गणेश राजनीतिमा जिल्लाका नेता कार्यक्रर्तासँग चिरपरिचित व्यक्ति हुन् । झापा गाउँपालिकामा नेपाली काँग्रेसलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने गणेशले प्रजातान्त्रिक समाजवादप्रति प्रतिवद्ध कार्यकर्ताका रुपमा चिनिन्छन् ।
समितिको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल , सचिवमा संजय गणेश र प्रताप विश्वकर्मा तथा सहसचिवमा सफिउल्ला अन्सारी रहेका छन् ।
यसअघि झापा गाउँपालिका अन्तरगतका वडा कार्यसमितिको नेतृत्व पनि सर्वसम्मत चयन भएको थियो । जस अनुसार वडा नं –१ को सभापतिमा कौशलप्रसाद गणेश , सचिवमा कुमार गणेश र कमलबहादुर लिम्वु , वडा नं–२ को सभापतिमा द्वारिका खतिवडा , सचिवमा टेकबहादुर कार्की र मोहनकुमार कार्की , वडा न–३ को सभापतिमा रामराज गणेश , सचिवमा सुवाषलाल गणेश र हरिप्रसाद सुवेदी, वडा नं–४ को सभापतिमा फरमान शेख , सचिवमा चन्द्रबहादुर गिरी र जाकिर आलम अन्सारी, वडा नं– ५ को सभापतिमा महवुल हक ,सचिवमा जयनारायण गणेश र रामकुमार गणेश , वडा नं–६ को सभापतिमा मनप्रसाद मिश्र ,सचिवमा चन्द्रप्रसाद सिटौला र डिल्लीप्रसाद मैनाली, र वडा नं–७ को सभापतिमा तेजवहादुर श्रेष्ठ , सचिवमा नेत्रप्रसाद सिटौला र बालकृष्ण सिटौला रहेका छन् ।
कांग्रेस झापा गाउँपालिकाकाे सन्देश सर्वसम्मत नेतृत्व चयन, सभापतिमा सागीरथ

































































































