Homeसमाचारसुरक्षाको प्रत्याभूति र न्यायीक प्रकृयाबारे जानकारी गराउन 'रि-भिजिट' गर्दै मोरङ प्रहरी

सुरक्षाको प्रत्याभूति र न्यायीक प्रकृयाबारे जानकारी गराउन ‘रि-भिजिट’ गर्दै मोरङ प्रहरी

विराटनगर ४ असोज । जिल्ला प्रहरी कार्यालय मोरङले पीडितसँग पुनस् भेटघाट (Victim Revisit) कार्यक्रम २०७८ को शुरु गरेको छ । गत असोज १ देखिशुरु गरिएको उक्त कार्यक्रममा प्रहरीले पिडीतको घरमा गएर प्रत्यक्ष भेटघाट गरी कानूनी परामर्श, प्रकृयाको जानकारी र पिडकलाई कानूनी कारवाही सम्बन्धमा जानकारी गराउने लक्ष्यका साथ सो कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पीडक (कसुरदार) लाई कानून बमोजिमको दण्ड दिनु, समाजलाई अपराध र अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानून बमोजिम उचित न्यायिक उपचार उपलब्ध गराउने उद्देश्यले पीडित मैत्री वातावरण सिर्जना गर्दै, पीडकका पक्षबाट पीडितलाई हुन सक्ने दवाव, प्रभाव तथा हस्तक्षेपलाई रोक्न, पीडितलाई सुरक्षाको प्रत्याभूति गराउनु, पीडा कम गर्दै आत्मबल अभिवृद्धि गराउनु रहेको छ । नेपालको संविधान २०७२ को धारा २१ र अपराध पीडित संरक्षण ऐन २०७५ को परिच्छेद २ मा ब्यवस्था भए अनुसार अनुसन्धान सम्बन्धि सूचनाको अधिकार, न्यायिक कारवाही सम्बन्धि सूचनाको अधिकार, क्षतिपूर्ती तथा सामाजिक पुनःस्थापनाको अधिकार, दण्डहिनताको अवस्था सृजना हुन नदिन तथा पीडित न्याय प्रणाली कायम राख्न पीडितसँग सम्पर्क गरी पीडितलाई कानून बमोजिम सहयोग गर्न आवश्यक देखिएको ठहर गर्दै उक्त कार्यक्रम संचालन गरिएको बताइएको छ ।


पीडित पुनः भेटघाट (Victim Revisit) कार्यक्रम, २०७८ शुरूवातको क्रममा २०४२ साल भाद्र १८ गते भएको खुन डाका मुद्दाका पीडित जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.–३ का ८५ बर्षीया धर्मध्वज थापा क्षेत्रीसँग जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जि.सी. सहितको प्रहरी टोलीले भेटेर पीडित पुनः भेटघाट कार्यक्रम शुरू गरेको थियो । उक्त घटनामा संलग्न रही फरार रहेका जिल्ला मोरङ कटहरी गाउँपालिका ७ तकिया बस्ने ८७ बर्षीय उजारू चौधरी थारू र सोही स्थानका ५० बर्षीय शिवना सरदार वातरलाई ३६ बर्ष पछाडी गत भदौ ९ गते पक्राउ गरी कानूनी कारवाही भएको जानकारी गराउँदा निज धर्मध्वज थापा क्षेत्रीले लामो समय पछि पनि न्याय पाएकोमा खुशी ब्यक्त गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय मोरङ लगायत मोरङ मातहत रहेका ईलाका प्रहरी कार्यालय रानी, रंगेली, सिजुवा, उर्लाबारी, पथरी, लेटाङ र बेलबारी समेतले यो कार्यक्रमलाई शुरुवात गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसुरक्षाको प्रत्याभूति र न्यायीक प्रकृयाबारे जानकारी गराउन 'रि-भिजिट' गर्दै मोरङ प्रहरी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img