बिर्तामोड ४ असोज । नेपाल उद्यमशील महिला संघ झापाको चौथो बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
कोभिड १९ संक्रमण जोखिमका कारण संस्थाको कार्यालयमा आन्तरिक रुपमा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष पार्वता खरेल विमलीले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा कोषको प्रतिवेदन कोषाध्यक्ष शुशिला पाठकले प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका महासचिव यशोदा प्रसाईले सञ्चालन गरेको कार्यक्रम स्वागत बरिष्ठ उपाध्यक्ष निरमाया पुलामीले गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष विमलीको अध्यक्षतामा सम्पन्न साधारणसभामा नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

































































































