Homeसमाचारव्यवस्था ठिक छ राजनीतिमा परिवर्तन आवश्यक शर्मा

व्यवस्था ठिक छ राजनीतिमा परिवर्तन आवश्यक शर्मा

बिर्तामोड ३ असोज । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगामी १४ औं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका छन् ।
गृह जिल्ला झापाको विर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्रीका उम्मेद्वार शर्माले राजनीतिकमा परिवर्तनको आवश्यकता औंल्याएका छन् । नेता शर्माले राजनीतिकमा परिवर्तनका लागि साझा बहस आवश्यकता रहेको बताउँदै सरकार जुनसुकै दलको भएपनि विकासका काममा एकताबद्ध हुनु जरुरी रहेको उल्लेख गर्नुभयो । अहिलेको व्यवस्था ठिक भएको बताउँदै शर्माले राजनीतिलाई परिवर्तन गर्न जरुरी रहेको बताउनु भएको हो ।
सरकार परिवर्तनले विकासका काममा अवरोध भए जनतामा निराशा उत्पन्न हुने बताउँदै शर्माले कांग्रेस वा कम्युनिष्ट जसको सरकार भएपनि जनहितका काम निरन्तर चलिरहनु पर्ने धारणा राख्नुभयो ।
अहिलेका बालबालिकामा राजनीतिप्रति वितृष्णा देखिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै शर्माले बिडम्बनापूर्ण राजनीतिप्रति नैराश्यतामा परिवर्तन ल्याउन जरुरी रहेको बताउनु भयो ।


पार्टीको तन्दुरुस्तीलाई परिवर्तनसंग जोड्नुपर्नेमा जोड दिंदै थापाले राजनीतिलाई सेवासंग जोड्नुपर्ने पर्ने बताउनु भयो । अबको राजनीति गल्ती औल्याउने मात्र नभइ गल्ती सच्याउने किसिमको हुनुपर्नेमा जोड दिएका शर्माले आफू महामन्त्रीको उम्मेद्वार हँुदै गर्दा राजनीति, सामाजिक न्याय, सामाजिक दायित्व लगायत विभिन्न समसामयिक विषय समेटेर २४ बुँदे प्रस्ताव अघि सार्नु भएको छ ।
विभेदरहित समाज निर्माण हुनुपर्ने बताएका शर्माले भन्नुभयो–‘जसले शोषण, विवेद गर्छ त्यस्तालाई काँग्रेस र कम्युनिष्ट दुवैले रानीतिकमा ढोका बन्द गर्नुपर्छ’ नेता शर्माले भने ‘ जसले विसङ्गति विकृति, शोषण र हिंसा गर्छ त्यस्तालाई बहिस्कार गर्न राजनीतिक दल पछि पनु हुँदैन ।’ नेता शर्माले कम्युनिष्ट नेतृत्वसँग सहिष्णुता नभएको जिकिर गर्दै भन्नुभयोे– ‘प्रधानमन्त्री जस्तो पदमा रहेर नटबल्टु, फर्सीको भेट्नु जस्ता शब्द प्रयोग गर्नु गलत हो ।’ राजनीतिक दुश्मनी नभएको स्पष्ट पार्दै नेता शर्माले राजनीतिकले सामाजिक बिकृति र विसङ्गतिको मुद्दा उठाउनु पर्ने उहाँको भनाई छ । संविधानमा केहि राजनीतिक रुपान्तरण गर्न आवश्यकता औल्याउनु भयो ।


सरकार परिवर्तन भए पनि विकासका लागि तयार गरिएको कार्यलाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो । उनले राजनीतिक रुपान्तरणका लागि आफुले तयार पारेका २४ बुँदे प्रस्तावको संक्षिप्त चर्चा गर्नुभएको थियो। कुनैपनि एक ब्यक्तिले राष्ट्रपति एकपल्ट, प्रधानमन्त्री २ पटक, मन्त्री ३ पटक र सांसद ४ पटकसम्म मात्र हुन पाउने राजनीतिक रुपान्तरण हुन आवश्यक रहेको बताउनु भयो ।
चुनाब जित्नका लागि खर्च नगर्न सगज गराउँदै भन्नुभयो–‘इमान्दारिता र सफा मन भएका उम्मेद्वारले चुनावमा खर्च गर्नु पर्दैन ।’ नेता शर्माले भन्नुभयोे । नेता शर्माले गुठ र उपगुठको राजनीतिक नगर्न सवैमा आग्रह गर्नुभएको छ । नेता शर्माले काँग्रेस नेता तथा कार्यकर्तालाई जिम्मेवारीपूर्ण आफ्नो कार्यसम्पादन गर्नसमेत आग्रह गर्नुभयो । राजनीतिककर्मीको कमजोरी मात्र नकेलाउन आग्रह गर्दै त्यसको समाधानको उपाय पनि खोज्न आवश्यक रहेको नेता शर्माले बताउनु भयो । राजनीतिकलाई सेवामा जोड्न समेत उनको आग्रह छ ।
संविधान दिवसको अवसरमा झापा बिर्तामोडमा आइतवार आयोजित कार्यक्रममा नेता शर्माले राजनीतिक रुपान्तरणका विषयमा आफ्नो धारणा ब्यक्त गरेका थिए । काँग्रेसका महाधिवेशन प्रतिनिधि सुरेश सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य दिलिप राई, झापा उपसभापति राम कट्टेल, नौदली राजवंशीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चम्लागाईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारव्यवस्था ठिक छ राजनीतिमा परिवर्तन आवश्यक शर्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img