HomeFeatured 2चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको २२ औं साधारणसभा शुरु

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको २२ औं साधारणसभा शुरु

भद्रपुर ३ असोज । झापाको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारणसभा चन्द्रगढीस्थित मुना सामुदायिक भवन देवकोटा चोकमा शुरु भएको छ ।
दुईदिनसम्म सञ्चालन हुने साधारणसभामा आईतवार क्षेत्र नं २ ,४ र ९ का परिषद सदस्यहरु तथा शोमवार क्षेत्र न. ३, ५, र ६ का परिषद सदस्यहरु सहभागी हुने गरि २ दिनसम्म संचालन गरिने परिषदको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गर्नु भएको थियो ।
समुहको बार्षिक प्रतिवेदन प्रस्तुतु गर्दै समुह अध्यक्ष हिराप्रसाद पोखरेलले वन विकासतर्फ सम्पूर्ण आम्दानीको १ करोड २१ लाख १७ हजार ९ सय ७२ रुपैयाँ खर्च गरिएको बताउनु भयो ।
उहाँले गरिबी न्युनीकरण तथा महिला शसक्तिकरणतर्फ ७३ लाख ३५ हजार, पूर्वाधानर विकासतर्फ ७१ लाख ६२ हजार ६२८ रुपैयाँ अनुमानित बजेट समेत प्रस्तुत गरिएको जानकारी दिनुभयो ।
पोखरेल समुहले हालसम्म गरेको गतिविधिका बारेमा प्रकाश पार्दै संस्थाका चुनौति तथा भावी योजनाहरुकाबारेमा समेत अवगत गराउनु भएको थियो । सो अवसरमा समुहका ६ वटा क्षेत्रहरु मध्य २०७७ चैत्र २८ गते सम्पन्न निर्वाचन बाट निर्वाचित क्षेत्र नं २, ४ र ९ का परिषद सदस्यहरुलाई अध्यक्ष पोखरेलले सफथ ग्रहण गराउनुका साथै निर्वाचित प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, नेकपा एमाले भद्रपुर नगरकमिटी अध्यक्ष ब्रह्मलाल ढुङ्गाना ,माओवादी अध्यक्ष शिवराज भण्डारी, राप्रपा केन्द्रिय सदस्य बाबुराम पराजुली, मेची सव वे वन डिभिजन कार्यालयका प्रमुख राजन राई, सल्लाकार समिति संयोजक विष्णु शिवाकोटी, समुह पुर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो । पोखरेलको अध्यक्षतामा सम्पन्न कार्याक्रमको संचालन सचिव शकुन्तला पोखरेल र स्वागत सहसचिव चुडामणी पराजुलीले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको २२ औं साधारणसभा शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img