Homeसमाचारआदिवासी जनजाति नेत्रहीन संघद्वारा शैक्षिक सामग्री वितरण

आदिवासी जनजाति नेत्रहीन संघद्वारा शैक्षिक सामग्री वितरण

कनकाई २ असोज । संस्थाको ११ औं स्थापना दिवसको दिन पारेर आदिवासी जनजाति नेत्रहीन संघ झापाले शैक्षिक सामग्री वितरण गरेको छ ।
सुरुङ्गाको कनकाई सामुदायिक भवनमा आयोजित कार्यक्रममा झापाली आदिवासी जनजाति नेत्रहीन छात्रबृत्ति अक्षयकोषबाट प्राप्त ब्याजबाट दमक बहुमुखी क्याम्पसमा बिएड पहिलो वर्षमा अध्ययनरत रञ्जु रजतलाई प्रदान गरिएको संघका अध्यक्ष भोजकुमार तामाङले जानकारी दिनुभयो ।
अध्यक्ष तामाङको अध्यक्षता तथा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ६ जनालाई ब्रेल पेपर, १ जनलाई स्लेट र २ जनालाई स्टाइरस वितरण गरिएको थियो ।
सो अवसरमा संस्थाका सचिव अनिल मुखिया र उनकी श्रीमती सन्ध्या इङनामले सडकमा जीवन विताइरहेकी भीमकुमारी श्रेष्ठलाई नगद ३ हजार सहयोग गरेको बताइएको छ ।
कार्यक्रममा दैनिक एक रुपैयाँ संकलन गरेर जम्मा गरेको रकमबाट पनि अक्षयकोष स्थापना गरि सामाजिक काम गर्न सकिंदो रहेछ भन्ने सन्देश छर्न सफल भएको वक्ताहरुले धारणा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि पोखरेलले नेत्रहीन संघको अक्षयकोष बृद्धिका लागि १० हजार प्रदान गर्ने प्रतिवद्धता जनाउनु भएको कार्यक्रममा गैह्रसरकारी महासंघका उपसचिव नेत्र प्रसाई र आइपी भट्टराईले संघको एकरुपैयाँ अभियान अन्तरगत सहयोग रकम प्रदान गरेका थिए । साथै सहायक बन अधिकृत दिनेश यादबले २५ सय रुपैयाँ प्रदान गर्नुभएको बताइएको छ ।
सचिव मुखियाले सञ्चालन गरेको कार्यक्रममा स्वागत नरेन्द्रकुमार लिम्बू र औचित्यमाथि प्रकाश अविरल लिम्बूले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआदिवासी जनजाति नेत्रहीन संघद्वारा शैक्षिक सामग्री वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img