Homeसमाचारचन्द्रगढी सेवासमाजको दोस्रो वार्षिक सभा सम्पन्न

चन्द्रगढी सेवासमाजको दोस्रो वार्षिक सभा सम्पन्न

भद्रपुर २ असोज । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजको दोस्रो वार्षिक साधारणसभा विविध कार्यक्रममका साथ सम्पन्न गरिएको छ । सेवा समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा समाजका अग्रज व्यक्तित्व जेष्ठ नागरिक सम्मान लगायत कार्यक्रम गरी वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा भद्रपुर ९ की ९१ वर्षीया मेनुका पोखरेल र भद्रपुर १० का ७६ वर्षीय गंगाप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो भने संस्थाका वार्षिक गतिविधि र आगामी वर्षका लागि कार्योजना प्रस्तुत गर्दै अध्यक्ष कमलप्रसाद अधिकारीले समाज विकास र उन्नतिका लागि स्थानीय सरोकारवालासित सहकार्य गरी काम गर्ने प्रस्ताव समेत पेश गरेका थिए ।
उपाध्यक्ष नयनाथ पाण्डेले स्वागत गरेको कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, मानव अधिकारका लागि महिला एकल महिलाकी केन्द्रीय सचिव रेखा अधिकारी, बचत तथा ऋण सहकारी संघ प्रदेश १ का अध्यक्ष घनश्याम अधिकारी, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिकी सचिव सकुन्तला पोखरेल, भद्रपुर जेसीजका अध्यक्ष खिलनाथ पाण्डे निकास, सम्मानित व्यक्तिका परिवारका तर्फबाट ईश्वरप्रसाद पोखरेल, त्रिवेणी टोल विकास संस्थाका अध्यक्ष मुक्तिनाथ दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव देवीमाया अधिकारीले सञ्चालन गरेको कार्यक्रमा कोषध्यक्ष युवराज न्यौपानेले ७७ हजार २ सय ९६ रुपैया वार्षिक आय तथा ६६ हजार ४ सय ५३ रुपैयाँ व्यय समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक खड्गबहादुर बुढाथेकीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचन्द्रगढी सेवासमाजको दोस्रो वार्षिक सभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img