HomeFeatured 2स्याटरडे स्कूलले आफ्नो ५ औँ बार्षिक उत्सव

स्याटरडे स्कूलले आफ्नो ५ औँ बार्षिक उत्सव

विर्तामोड २ असोज । बिर्तामोडमा सञ्चालनमा रहेको स्याटरडे स्कूलले आफ्नो ५ औँ बार्षिक उत्सव मनाएको छ ।
शनिबार बिद्यालयमा बिद्यार्थीहरुलाई बृक्षारोपण र बगैचा व्यवस्थापनको कक्षा दिदँै बार्षिक उत्सव मनाईको प्रिन्सिपल सरोज खरेलले जानकारी दिनुभयो । मेचीनगर ९ स्थित डि एण्ड डि बायो प्लानटेकका सञ्चालक डिल्ली उप्रेतीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बालबालिकालाई बातावरण संरक्षणसँगै बृक्षारोपणको महत्वबारे जानकारी गराइएको थियो । कार्यक्रममा बिद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिनुका साथै बिरुवा बितरण समेत गरिएको थियो ।
बालबालिकाहरुमा अतिरिक्त ज्ञान तथा सिपको आवश्यकतालाई बुझेर बिर्तामोडमा ५ बर्ष अघि बिद्यालय सञ्चालनमा आएको हो । बिद्यालयले नृत्य, गायन, संगीत, हस्तकला, उद्घोषण लगायतका बिषयमा बिद्यार्थीलाई कक्षा दिंदै आएको छ । बिद्यालयबाट हालसम्म ४ सय बिद्यार्थीले शिक्षा लिई सकेको बताइएको छ । साथै चाँडै बालबालिकाहरुलाई मोवाईल रिपेयरिङ, व्युटिसियन, इलेक्ट्रिसियन जस्ता व्यवहारिक बिषयमा कक्षा दिइइने संस्थापक प्रणित पुडासैनीले जानकारी दिनुभयो । शनिबारको बालबालिकाहरुको खाली समयलाई सदुपयोग गर्दै बालबालिकालाई अतिरिक्त बिषय तथा व्यवहारिक सिपमा दक्ष बनाउ बिद्यालय सञ्चालनमा आएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्याटरडे स्कूलले आफ्नो ५ औँ बार्षिक उत्सव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img