HomeFeatured 2विश्वकर्मा पूजामा टेम्पो चालकलाई सम्मान

विश्वकर्मा पूजामा टेम्पो चालकलाई सम्मान

बिर्तामोड १ असोज । विभिन्न कलकारखाना तथा औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरहरुको महत्वपुर्ण पर्वको रुपमा मनाइने ज्ञान बिज्ञान तथा सीपका भगवान विश्वकर्माको पूजाको अवसर पारेर हाम्रो टेम्पो हाउस बिर्तामोडले दुई जना टेम्पो चालकसहित तीन जनालाई सम्मान गरेको छ ।
हाम्रो टेम्पो हाउसले टेम्पो चालक भिमप्रसाद चिमरिया, ठाकुरप्रसाद आचार्य र हरीप्रसाद वाँस्कोटालाई सम्मान गरेको हो ।
कोरोनाको महामारीको समयमा आफ्नो ज्यानको कुनै परवाह नगरी जोखिम मोलेर बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको अटो एम्वुलेन्स सेवा मार्फत कोरोना संक्रमित विरामीलाई पिसिआर परिक्षण गर्न लैजाने र पिसिआर परिक्षण पछि घर पुर्याउने गरेको भन्दै टेम्पो चालक चिमरियालाई सम्मान गरिएको हो ।
त्यस्तै अर्का टेम्पो चालक आचार्यलाई सवारी नियमको पालना गर्दै यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्रयाएको भन्दै उत्कृष्ठ चालकको रुपमा सम्मान गरिएको थियो भने टेम्पो चालकको हक अधिकारका निम्ति लागीपरेको भन्दै पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष वाँस्कोटालाई सम्मान गरिएको हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेले बताए ।
उनीहरुलाई बिर्तामोडका व्यवसायी अच्युत दाहाल , बिर्ताज्योति साप्ताहिकका सम्पादक तथा प्रकाशक तुलसीप्रसाद निरौला , हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेलगायतले खादा, नगद र सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा कोरोना संक्रमितलाई बोक्दा अरुले छि.छि दूरदूर गरेपनि हाम्रो टेम्पो हाउसले सम्मान गरेर हौसला प्रदान गरेको भन्दै टेम्पो चालक चिमरियाले खुशी व्यक्त गरेका थिए ।
विगत तीन वर्षदेखि पाथीभरा टोल रोड नं.१ शनिश्चरे रोड बिर्तामोडमा सञ्चालनमा आएको हाम्रो टेम्पो हाउसले टेम्पो खरिद बिक्रीसहित टेम्पो सम्वन्धी मर्मत तथा सम्पूर्ण काम गर्दै आइरहेको हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2विश्वकर्मा पूजामा टेम्पो चालकलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img