Homeसमाचारबुधबारे जेसीजको जेसीज सप्ताह शुरु

बुधबारे जेसीजको जेसीज सप्ताह शुरु

बुधबारे ३० भदौ । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीज वर्ष २०२१ को जेसीज सप्ताह आज बुधबारदेखि शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत बुधबारे जेसीजले आफ्नै जग्गामा भवन निर्माणको काम थालेको छ । भवन निर्माणका लागि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलबाट यसअघि नै शिलान्यास भइसकेको थियो ।
बुद्धशान्ति १ को नमूना चोकमा बुधबारे जेसीजको भवन निर्माण शुरु भएको हो । स्थानीय शिक्षासेवी ज्ञानेन्द्रप्रसाद घिमिरेले आफ्नै स्वर्गीय आमा छलिमाया घिमिरेको स्मृतिमा जेसीजका लागि जग्गा निशुल्क उपलब्ध गराएका छन् ।
भवन निर्माणका लागि १८ लाख बढी रकमको प्रतिबद्धता भइसकेको छ । बुधबारे जेसीजले भवन निर्माणका लागि ‘मेरो पनि योगदान छ’ कार्यक्रम मार्फत सहयोग जुटाइरहेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जनाएका छन् । भवन निर्माण उपसमितिको संयोजक नन्दकुमार याफू राई रहेका छन् ।
बुधबारे जेसीजका कोषाध्यक्ष मुकेश भट्टराईको संयोजकत्वमा जेसीज सप्ताह आजबाट शुरु भएको हो । जेसीज सप्ताहको शुभारम्भ बुधबारे जेसीजका संस्थापक अध्यक्ष तथा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यमा भएको हो ।
जेसीज सप्ताहको पहिलो कार्यक्रम जेसीज भवन निर्माण रहेको थियो । जेसीज सप्ताह कार्यक्रम मूल संयोजक मुकेश भट्टराईको संयोजकत्वमा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, भवन निर्माण समितिका संयोजक नन्दकुमार याफू राई, जग्गादाता ज्ञानेन्द्र घिमिरे, प्याव्सन बुद्धशान्तिका सचिव बुद्धिकान्त अधिकारी, नेपाल दलित संघका केन्द्रीय सदस्य नरेन्द्र शंकर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मूल संयोजक भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा जेसीज आश्था पाठ कानुनी सल्लाहकार गजुहाङ योङहाङले बाचन गरेका थिए । कार्यक्रमको औचित्य माथि अध्यक्ष वाग्लेले प्रकाश पारेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरु प्रकाश भण्डारी, रमेश बराल, हेमन्तराज बराल सहित बोर्ड पदाधिकारीको आतिथ्यता थियो । कार्यक्रम महासचिव सुजित बरालले सञ्चालन गरेका थिए ।
जेसीज सप्ताह अन्तर्गत भदौ ३१ गते विहिबार बुद्धशान्ति–२ को जयपूर चोकमा दिउँसो ३ बजे गोकुल पौड्यालको संयोजकत्वमा स्लो मोटरसाइकल रेस, असोज १ गते झापा इलामको बोर्डर कलशमा उपाध्यक्ष पर्शुराम भट्टराईको संयोजकत्वमा जेसीज बोर्ड राख्ने कार्य हुँदैछ ।
असोज २ गते विहान १० बजेदेखि बुद्धशान्ति उद्योग वाणिज्य संघ बुधबारेको सभाहलमा उमेश भट्टराईको संयोजकत्वमा शेयर बजार तालिम, सोहि दिन दिउँसो ३ः३० बजे बुद्धशान्ति ४ बर्नेको खेलमैदानमा बुद्धशान्ति गाउँपालिका र बुधबारे जेसीज बीच मैत्रीपूर्ण फुटबल खेल बुलेट किराँतीको संयोजकत्वमा सञ्चालन हुँदैछ ।
संविधान दिवसका दिन अर्थात् असोज ३ गते बिहान ७ बजे जगद्गुरु जन्मस्थल देखि बुद्धशान्ति ४ को बौद्ध गुम्बासम्म साइक्लिङ राज पौड्यालको संयोजकत्वमा तथा ४ गते विहान ११ बजेदेखि स्वास्थ्य चौकी शान्तिनगरमा उपाध्यक्ष रुद्र निरौलाको संयोजकत्वमा रक्तदान कार्यक्रम हुने बुधबारे जेसीजका महासचिव सुजित बरालले जानकारी दिएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबुधबारे जेसीजको जेसीज सप्ताह शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img