HomeFeatured 2नारी सञ्चार गृहको नवौं बार्षिक साधारणसभा सम्पन्न

नारी सञ्चार गृहको नवौं बार्षिक साधारणसभा सम्पन्न

विर्तामोड २८ भदौं । झापाली महिला पत्रकारहरुको छाता संगठन नारी संचार गृह झापाको नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
विर्तामोडस्थित संस्थाको आफ्नै कार्यालयमा संस्थाका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा नवौं वार्षिक साधारणसभामा सम्पन्न भएको हो ।
साधारणसभाको संस्थाका सचिव भूमिका सुब्बाले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्योस्ना श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहाल, नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेली, रेडियो विराटका प्रबन्ध निर्देशक लीला अनमोल, विर्तामोड नगरपालिकाका न्यायिक फाँटका अधिकृत टिका लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साथै आजै बन्दसत्र समेत सम्पन्न भएको छ । बन्द सत्र सञ्चालनार्थ गठित मायामितु न्यौपाने र मनिषा चम्लागाँई सदस्य रहेको ३ सदस्यीय अध्यक्ष मण्डलका संयोजक तथा संस्थाका निवर्तमान अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न बन्द शत्रमा संस्थाका सचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन संशोधनसहित पारित भएको सहसचिव शुशिला संग्रौलाले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत उपाध्यक्ष रेजिना गौतमले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नारी सञ्चार गृहको नवौं बार्षिक साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img