भद्रपुर ११ भदौ । छापामाध्यामका लागि लोककल्याणकारी बिज्ञापन प्रकाशन सम्वन्धि मापदण्ड २०७८ का बिषयमा एक दिने अन्तरकृयात्मक कार्यक्रम झापाको चन्द्रगढीमा सम्पन्न गरिएको छ ।
जिल्ला हुलाक कार्यालयको आयोजना तथा पत्रकारमहासंघ झापा शाखाको संयोजनमा शुक्रवार सम्पन्न छलफलमा बोल्दै कार्यालयका प्रमुख दामोदर घिमिरेले पत्रपत्रिका प्रकाशन सम्बन्धि मापदण्ड २०७८ का बारेमा जानकारी गराउनु भयो ।
मापदण्डबारे जानकारी दिदै बोर्डले जिल्ला स्थित सम्पुर्ण छापाखाना पत्रपत्रिकाको अनुगमन तथा लेखाजोखा गर्ने जिम्मा जिल्ला हुलाक कार्यालयलाइ अधिकार प्रत्यायोजित गरेको बताउनु भयो ।
उहाँले मापदण्ड पुर्याएर बर्गिकरणको आधारमा विज्ञापन प्रकाशन वापतको रकम लिनलाई दैनिका पत्रिकाको हकमा मासिक कम्तिमा २५ अंक र साप्ताहिक पत्रिकाहरुको हकमा कम्तिामा ४ अंक अनिवार्य प्रकाशन गर्नु पर्ने बताउनु भयो ।
घिमिरेले दैनिक पत्रिकाको हकमा पहिलो पृष्ठमा ५ र अन्तिम पृष्ठमा ५ पटक गरि प्रतिमहिना मापदण्ड अन्र्तगत कम्तिमा ८/ १० सि एम साईजमा १० वटा विज्ञापन अनिवार्य छाप्नै पर्ने बताउनु भयो ।
यसै गरि साप्ताहिक पत्रिकाको हकमा भने ८ वाई १० सि एम साईजमा प्रत्येक अंकमा २ कोलममा लोककल्याणकारी विज्ञापन अनिवार्य राख्नै पर्ने अन्यथा भुत्तानीमा कटौति हुने घिमिरेले बताउनु भयो ।
वार्डले लोककल्याणकारी विज्ञापन प्रकाशन र भुत्तानी सम्वन्धि सम्पुर्ण कार्य जिल्ला हुलाक कार्यालयको समन्वयनमा मात्र गर्न सकिने बताउदै कार्यालय प्रमुख घिमिरेले प्रत्येक महिनाको ७ गते भित्र प्रकाशकले प्रकाशित पत्रिकाको अंक सहित वील पेश गर्नु पर्ने प्राव्धान मापदण्डमा उल्लेख भएको जानकारी दिनु भयो ।
उहांले दर्ता गर्दाको साईजमा प्काशित पत्रिकालाई नघटाई नबढाई प्रकाशन गर्न समेत झापाका पत्रकारहरु संग आग्रह गर्दै अन्यथा साइज घटाएर मापदण्ड विपरित गएमा प्राप्त हुने सेवा सुबिधा समेत कटौती हुन सक्ने नियमावलीमा रहेको जानकारी दिनु भयो ।
हाल दैनिक पत्रिकाहरुले बर्गिरणको आधारमा क्रमशः क,ख,ग,र घ बर्गका पत्रिकालाई ३५ हजार २ सय १९, २७ हजार ६ सय ७१, २२ हजार ६ सय ४१ र १५ हजार ९४ रुपैया प्राप्त गर्दै आएका छन् भने साप्ताहिकको हकमा क्रमशः ३० हजार १ सय ८८, २२ हजार ६ सय ४१, १५ हजार ९४ र ७ हजार ५ सय ४७ मसिक रुपमा पाउदै आएका छन् ।
छलफलका प्रमुख अतिथि समेत रहनु भएका नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एक राज गिरीले कानुनको अनविज्ञता कसैलाइ पनि क्षम्य नहुने भएकोले सबै पत्रकार साथिहरुले मापदण्ड पुर्याएर मात्र विज्ञापनछाप्ननुका साथै पत्रिकाहरु प्रकाशन गर्दै जानु पर्नेमा जोड दिनु भयो ।
घिमिरेको अध्यक्षता तथा जिल्ला अनुगमन समन्वयन समिति सचिव सुरक्षा अधिकारीले संचालन गरेको छलफल कार्याक्रममा सहभागि पत्रकारहरुले मापदण्ड २०७८ का विषयमा विभिन्न जिज्ञासाहरु राख्नु भएको थियो ।
लोककल्याणकारी बिज्ञापन प्रकाशन मापदण्डबारे अन्तरकृया

































































































