बिर्तामोड १० भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संवद्ध जनबर्गिय संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको बिर्तामोड नगर अध्यक्षमा शिखा खड्का गणेश चयन हुनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष रञ्जु प्याकुरेलको अध्यक्षता तथा सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नगर अध्यक्षमा शिखा र नगरस्तरिय युवक संगठनको अध्यक्षमा महेन्द्र लिङ्देनलाई चयन गरेको हो ।
नगर क्षेत्र भित्रका १० वटै वडाका महिला तथा युवाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको अधिवेशनमा जिल्ला अध्यक्ष केशव ओझा, केन्द्रीय सदस्य भक्ति सिटौला लगायतको उपस्थिति रहेको बताइएको छ ।
राप्रपा विर्तामोडको महिला अध्यक्षमा शिखा, युवकमा महेन्द्र

































































































