Homeसमाचारफोहोरमा निदाएको विर्तामोड (फोटो फिचर)

फोहोरमा निदाएको विर्तामोड (फोटो फिचर)

तस्विरको दृष्य हो विर्तामोड नगरपालिका भित्रको । पूर्व–पश्चिम मुख्य राजमार्ग अन्तरगत विर्तामोड नगरपालिका वडा नं.–५ मा पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयदेखि लगभग १०० मिटरको दुरीमा थुप्रिएको फोहोरको डंगुर हो यो ।

यो स्थानदेखि पुरानो इलाम स्टेनसम्मका े यो दृष्यले विर्तामोड कति सफा छ ? भन्ने अनुमान सहज लगाउन सकिन्छ । पोष्ट गरेका यी तस्विर प्रतिनिधि मात्र हुन्
झापामा सबैभन्दा बढी जनसंख्या भएको विर्तामोड नगरपालिका शिक्षा, स्वास्थ्यका हिसाबले हब मानिन्छ । त्यस्तै व्यापार व्यवसायका दृष्टिले पनि जिल्लाका अन्य नगर वा अरु बजार भन्दा विर्तामोडमा बढि नै चहल पहल हुन्छ ।

यस्तो ठाउँलाई सफा सुन्दर राख्नुपर्ने स्थानीय सरकारका साथै आम नगरबासीको दायित्व हो । तर, यहाँ नगरबासी फोहोर थुपार्ने र नगर सरकार रमिते बनिदिंदा फोहोर र दुर्गन्ध बढेको हो ।


जथाभावी रुपमा फालिएको फोहोरमा विर्तामोडलाई निदाउन दिइरहने हो भने र समयमै व्यवस्थापन नगर्ने हो भने फोहोरबाट उब्जिने दुर्गन्धका कारण हैजाको प्रकोप बढ्न सक्ने निश्चित छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारफोहोरमा निदाएको विर्तामोड (फोटो फिचर)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img