Homeसमाचार‘५ ब’ को नीतिमा झापा कांग्रेस

‘५ ब’ को नीतिमा झापा कांग्रेस

विर्तामोड ९ भदौं । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले नेपाली कांग्रेस झापा ५ ‘ब’ को नीति लिएर अघि बढेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन र झापाको संगठन विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि रहनुभएका थापाले आफ्नो १० वर्षे (दुई) कार्यकालको संक्षिप्त कार्यपत्र प्रस्तुत गर्दै सभापति थापाले यस्तो धारणा राख्नु भएको हो ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादी विचार, सामाजिक व्यवहार, व्यवसाय, जनचाहना अनुसारको विकासमा सक्रियता र बिपतमा कांग्रेसको नीतिमा अघि बढेको बताउनु भयो ।
आफ्नो नेतृत्वमा १० वर्ष झापा कांग्रेसका गतिविधि सक्रियता पूर्वक अघि बढेको चर्चा गर्दै सभापति थापाले यस अवधिमा प्रजातान्त्रिक आन्दोलनमा जीवन गुमाएका शहिदहरुको सम्झनामा प्रतिष्ठान तथा शालिक निर्माण गरेर प्रतिष्ठान मार्फत सर्वसाधारण जनतामा प्रजातान्त्रिक चेत भर्ने काम भइरहेको बताउनु भयो ।
विश्वनाथ घिमिरे, तुर्सा हेमरम, याम आचार्य, बुटन चौधरी, श्यामसुन्दर यादव, चन्द्रमणी भट्टराई, राजन गिरी लगायतको स्मृतिमा प्रतिष्ठान स्थापना गरी शालिक निर्माण गर्ने कार्य सम्पन्न भएको र केही प्रजातान्त्रिक योद्धाहरुको प्रतिष्ठान तथा शालिक निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो ।
आफ्नो कार्यकालमा पार्टीलाई आर्थिक रुपले सवल बनाएर चन्दा मागेर पार्टी चलाउने परीपार्टीको अन्त्यका लागि क्रियाशील सदस्य नवीकरणमा न्यून लेवी तय गरेर वडादेखि जिल्ला सम्मको आर्थिक अवस्था सुदृढ गरिएको जानकारी दिंदै यसलाई केन्द्रीय समितिले समेत अनुकरण गरेको सभापति थापाले बताउनु भयो ।
लगभग ५ दशकदेखि झापाको राजनीतिमा सक्रिय थापाले पार्टीका गतिविधिहरुलाई संस्थागत रुपमा अघि बढाउन क्षेत्रीय, गाउँ÷नगर र वडा पार्टी कार्यालय निर्माण भएको र केही निर्माणको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
झापा कांग्रेसमा १६ हजार बढी क्रियाशील सदस्य नविकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको जानकारी दिनुभयो ।
विगतको इतिहासलाई जोगाएर पार्टी संगठनलाई बलियो बनाउँदै आम निर्वाचन पछि मात्रै पार्टीको आन्तरिक महाधिवेशन गर्दा संगठनको हित हुने धारणा राख्नु भएको थियो । सहमति सहकार्य र एकताको नमूना झापाबाट प्रस्तुत गर्नुपर्नेमा जोड दिंदै उहाँले विगतदेखि वर्तमानसम्मको नेतृत्वले कांग्रेसको संगठन बलियो बनाउन गरेको निष्ठा, त्याग र समर्पण सम्मानयोग्य रहेको धारणा राख्नुभयो ।
अन्तरक्रियामा बोल्ने अधिकांस वक्ताहरुले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढिकरणका लागि समयमै महाधिवेशन अत्यावश्यक रहेपनि समय र परिस्थितिको मूल्याङ्कन गर्दै संघ, प्रदेश र स्थानीय निर्वाचनपछि महाधिवेशन गर्नु कांग्रेसको हितमा हुने धारणा राखेका थिए ।
प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका उपसभापतिद्वय राम कट्टेल र देवी राजवंशी, पूर्व उपसभापति देउमान थेवे, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, सचिवद्वय प्रेम सम्बाहाम्फे र ताराबीर कट्वाल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, कांग्रेस झापाका पूर्वसचिवत्रय भगिरथ पोद्धार र भक्ति सिटौला, दयानन्द गोस्वामी, नेपाल महिला संघ झापा सभापति शुशिला ढकाल, १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेती, कमल गाउँपालिकाका सभापति खगेन भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो ।
नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस झापाका प्रवक्ता लोकराज ढकालले २००७ सालदेखि हालसम्मको झापाको प्रजातान्त्रिक आन्दोलन समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँईले विषय प्रवेश गराउनु भएको कार्यक्रममा स्वागत झापा उपाध्यक्ष गिरीराज भट्टराईले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईंले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘५ ब’ को नीतिमा झापा कांग्रेस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img