झापा ९ भदौं । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश–१ को अध्यक्षमा पुनः आशाकुमारी लिम्बू चयन हुनु भएको छ ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल १ नं. प्रदेश संगठन कमिटीको दोस्रो अधिवेशनले लिम्बूलाई पुनः एक कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
लिम्बूको अध्यक्षता तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी संस्थापक अध्यक्ष, जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य मिना गुरुङ्गको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनबाट आशाकुमारी लिम्बूको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य धनु कन्दङ्वाले जानकारी दिनुभयो । समितिकाे उपाध्यक्ष ललिता धिमाल, सचिवमा कला डाँगी, सहसचिव मन्जु कार्की, कोषाध्यक्ष सन्ध्या बस्नेत रहेका छन । त्यसै गरी सदस्यहरूमा स्मीता ठकुरी, गंगा चर्मकार, सादया तवसुम, गंगा तामाङ, मार्ता राई, जशु प्रधान र रिता दनुवार रहेका छन् ।
गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय अध्यक्ष सुमन गुरुङ्ग, केन्द्रीय प्रतिनिधि परिषद प्रमुख पम्फा पहारी, केन्द्रीय शिक्षा सचिव ममता प्रधान,जिफन्ट प्रदेश नं. १ का अध्यक्ष किशोर धमला, सहसचिव अमिर लिङ्देन, नाबुन उपाध्यक्ष गंगा नकर्मी, महासचिव पबी गुरुङ्ग, लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश–१ अध्यक्षमा आशा

































































































