Homeसमाचारकट्टेल र थेवे दुवैको आकांक्षा सिटौलाकै टिमबाट उम्मेद्वार बन्ने

कट्टेल र थेवे दुवैको आकांक्षा सिटौलाकै टिमबाट उम्मेद्वार बन्ने

विर्तामोड ९ भदौं । नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनका लागि अध्यक्षको उम्मेद्वारका चर्चामा रहेका राम कट्टेल र देउमान थेवेले कृष्ण सिटौलाकै टिमबाट अध्यक्षको उम्मेद्वार बन्ने आकांक्षा व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन र झापाको संगठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासीद्वय कट्टेल र थेवेले यस्तो आकांक्षा व्यक्त गरेका हुन् ।
झापाको प्रजातान्त्रिक आन्दोलनमा थुप्रै अग्रज व्यक्तित्वहरुको योगदान रहेको चर्चा गर्दै उनीहरुले समाजवादीका ब्याख्याता सिके प्रसाईको नेतृत्वमा कांग्रेसको बैचारिक जग र कृष्ण सिटौलाको नेतृत्वमा सांगठानिक जग बसेको र सोही जगमा झापा कांग्रेसको राजनीति अघि बढेको धारणा राखेका थिए ।
झापाको राजनीतिमा कट्टेल र थेवे लगभग चारदशक अघिदेखि सक्रिय छन् । उनीहरुले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
सिके प्रसाई र कृष्ण सिटौलाको राजनीतिक योगदान राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा समेत फैलिएको चर्चा गर्दै कार्यक्रमका अधिकांश वक्ताहरुले झापाको संगठन, विचार र राजनीतिक अभियानले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए ।
कांग्रेसभित्र रहेको गुट उपगुटको अन्त्य गरेर एकढिक्का हुन सके आम निर्वाचनमा कांग्रेसको पक्षमा परिणाम आउने धारणा राख्दै वक्ताहरुले अधिवेशनमा देखिएको गुट–उपगुटको अन्त्य निर्वाचन पछि स्वतः समाप्त पारेर ‘चेन अफ कमाण्ड’मा पार्टी चल्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कांग्रेस झापाका उपसभापति देवी राजवंशी, सचिवद्वय प्रेम सम्बाहाम्फे र ताराबीर कट्वाल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, कांग्रेस झापाका पूर्वसचिवत्रय भगिरथ पोद्धार र भक्ति सिटौला, दयानन्द गोस्वामी, नेपाल महिला संघ झापा सभापति शुशिला ढकाल, १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेती, कमल गाउँपालिकाका सभापति खगेन भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको प्रमुख आतिथ्यता तथा नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस झापाका प्रवक्ता लोकराज ढकालले २००७ सालदेखि हालसम्मको झापाको प्रजातान्त्रिक आन्दोलन समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँईले विषय प्रवेश गराउनु भएको कार्यक्रममा स्वागत झापा उपाध्यक्ष गिरीराज भट्टराईले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईंले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकट्टेल र थेवे दुवैको आकांक्षा सिटौलाकै टिमबाट उम्मेद्वार बन्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img