Homeसमाचारप्रहरी हौं भन्दै सर्वसाधारणलाई कुटपिट गर्ने दुईजना पक्राऊ

प्रहरी हौं भन्दै सर्वसाधारणलाई कुटपिट गर्ने दुईजना पक्राऊ

विर्तामोड । प्रहरी हौं भन्दै सर्वसधारणलाई कुटपिट गर्दै धम्क्याउने दुईजनालाई प्रहरीले पक्राऊ गरेको छ ।
सादा पोशाकका प्रहरी हौं भन्दै डर देखाएर सर्वसाधारणलाई कुटपिट गर्ने कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र विर्तामोड–३ का ३२ वर्षीय टिका खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र ब्यवहार मुद्धामा अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।
उप्रेती र खत्रीले गत साउन ११ गते विर्तामोड–५ जात्रुबारीकी नयनसरी राजवंशीलाई छोराले लागू औषध बेच्ने गर्छ उसलाई बचाउने भए २० हजार रुपैयाँ दिनु नत्र मुद्दा हालिदिन्छौं भन्दै नयनसरीका साथमा रहेको १ हजार १ सय रुपैयाँ लिएर फेरी आउने लिन आउने भनेर धम्क्याउँदै गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसपछि साउन १४ गते बेलुका साढे ९ बजे पुनः घरमा पुगेका उप्रेती र खत्रीले नयनसरीको छोरा विशाल राजवंशीलाई बाहिर बोलाएर विशालसहित अन्यलाई पनि उप्रेतीको कम्मरको बेल्ट खोलेर पिटेको पीडित नयनसरीले इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएकी थिइन् ।
नक्कली प्रहरी बनेर सर्वसाधारणलाई ठगी गर्दै हिड्ने उप्रेती र खत्रीलाई पीडितको उजुरीका आधारमा प्रहरीले साउन २८ गते पक्राऊ गरेको जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रहरी हौं भन्दै सर्वसाधारणलाई कुटपिट गर्ने दुईजना पक्राऊ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img