विर्तामोड । आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र बसपार्कले मास्क वितरण अभियानलाई तीब्रता दिएको छ ।
मास्क अभियान अन्तरगत आज अन्तिम दिन शुक्रबार विहान पनि मास्क वितरण गरेको हो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष पदम प्रसाईसहित समितिका पदाधिकारी, प्रहरी तथा स्थानीयको सहभागितामा माता मन्दिरदेखि महानन्द चौकसम्मको बाटोमा अभियान सञ्चालन गरिएको हो ।

अभियानका क्रममा पैदल, तथा सवारी साधनमा मास्क नलगाई हिंडेकालाई रोकेर मास्क वितरण गरिएको थियो ।
अझै पनि कतिपयले मास्क नलगाई हिड्ने पाइएकोले उनीहरुलाई सचेत गराउनका लागि मास्क वितरण गरिएको बताउनु भयो।

कोरोना भाईरस संक्रमणले उग्ररुप लिइरहँदा पनि कतिपय मानिसहरु मुखमा मास्कसम्म नलागाई हिड्दा व्यक्ति स्वयं तथा अरुलाई त्यसको असर पर्नसक्ने तर्फ सचेत गराउँदै मास्क वितरण गरिएको थियो ।

































































































